• उर्लाबारी । उर्लाबारी–६ का २७ बर्षीय विशाल तामाङलाई चक्कु प्रहार गर्ने जनप्रतिनिधिलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि उर्लाबारी नगरपालिका– ६ का वडा सदस्य एवं तरुण दल मोरङका सचिव समेत रहेका ३५ वर्षीय सचिन शाक्यले तामाङमाथि छुरा प्रहार गरेका थिए ।
    उर्लाबारी– ५ स्थित एरोमा होटलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले शुक्रबार बिहान ३ बजेतिर चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । सोही घटनाका बिषयमा लिएर उर्लाबारीका यादब भण्डारीलाई पनि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ भने होटल सञ्चालक रोशन भूर्तेललाई सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पीडितको जाहेरअनुसार उनीहरुलाई मुद्दा चलाएको बताइएको छ । भण्डारीको उक्त घटनामा संग्लनता नभएपनि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको भन्दै चौतर्फी प्रहरीको आलोचना भइरहेको छ । भण्डारी निर्दोष रहेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरु बताउँछन् । सहकारीकर्मी तथा समाजसेबीको छबि बनाएका भण्डारी स्थानीयबासीमाझ मिजाशिला ब्यक्तिका रुपमा चिनिन्छन् ।

    घटनाका बारेमा बेखबर रहेका भण्डारीलाई एकाएक पक्राउ गरी मुद्दा चलाएपछि धेरैले आश्चर्य मानेका छन् । प्रहरीले आफन्तको रहोबरमा पक्राउ परेकै दिन थुनामुक्त गर्ने तयारी गरेपनि ठूलै दबाबका कारण भण्डारीलाई मुद्दा चलाइएको जानकारहरु बताउँछन् । एक स्थानीयले भने–‘छुटिसकेका निर्दोष मान्छेलाई अदृश्य चलखेलको भरमा मुद्दा चलाइयो, जुन ठूलो विडम्वना बनेको छ ।’ उर्लाबारीका प्रहरी प्रमुखले दबाबका भरमा निरापराध मान्छेलाई मुद्दा चलाउनुले प्रहरीको कार्य सम्पादनमाथि नै प्रश्न उठेको धेरैको भनाई छ । यसैबीच चक्कु प्रहारबाट पेटमा चोट लागेर घाइते भएका तामाङको उपचारका लागि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बुझिएको छ । अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिष्पर्धा हेरिसकेर घरतर्फ जाने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीको भनाई छ ।
    प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तीव्र पारिएको छ । उर्लाबारी जेसीज बर्ष २०१८ का अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । घाइते तामाङ भने मोरङ–११ फुटबल टिममा आवद्ध छन् । उनी यसअघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…