• पथरी,मोरङ्ग

    असार-१२


    पथरी अस्पताल प्रा. लि.का प्रमुख चिकित्सक डा. सौरव आचार्यले जेठ २७ गते आइतवार पथरी अस्पतालमा भर्ना भएका पथरीशनिश्चरे ३ का डेढ वर्षीय बालक सोहन राईको मृत्युमा आफ्नो संलग्नता नरहेको प्रष्ट पार्नु भएको छ ।
    मङ्गलबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी डाक्टर आचार्यले बालकको मृत्यु आफ्नो लापरबाहीका कारण नभएको प्रष्ट पार्दै बालक अस्पतालमा भर्ना हुँदा आफू बिदामा रहेको बताउनु भएको छ ।


    उहाँले जेठ २८ गते बिहान अस्पताल आएपछि अस्पतालको राउण्ड सक्ने वित्तिकै बालकलाई विशेषज्ञ चिकित्सककोमा रेफर गरेको बताउनु भयो । अस्पतालले रेफर गरेपछि सोहन राईको विराटनगर स्थित नोवेल मेडिकल कलेजको सघन उपचारकक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको भए पनि आफूलाई जोडेर समाचार आउँदा दुख लागेको विज्ञप्तिमा उल्लेख छ ।

    उहाँले विज्ञप्तिमा आफू विदामा वसेकै अवस्थामा जेठ २७ गते आकस्मिक कक्षमा भर्ना भएको सोहनको उपचारमा आफ्नो कुनै भुमिका नभएको प्रस्ट पार्नु भएको छ । उहाँले अस्पतालमा डाक्टर नभएको बेला आकस्मिक कक्षमा कसले भर्ना गरेको हो ? गम्भिर प्रकृतिका विरामी भर्ना गरेर अस्पतालमा पारामेडिसीनहरुले उपचार गर्ने अनि त्यसको जिम्मा बिदामा बसेको डाक्टरले लिनुपर्ने ?

    उहाँले विज्ञप्तिमा अस्पतालले आफ्नो भविष्यमा खेलवाड गरेको उल्लेख गर्नु भएको छ । आफूलाई ओभरटेक गरेर अस्पतालका पारामेडिसनहरू उपचारमा संलग्न भएको कागजात सहित सम्पूर्ण प्रमाण अस्पतालमा उपलव्ध रहेको बताउँदै उहाँले स्थानिय जनप्रतिनिधीहरुको ठाडो आदेशमा मलाई अस्पतालबाट १० दिन भित्रमा हटाउने लिखित निर्णय भएको विषयले मेरो गम्भीर ध्यानार्कषण भएको छ ।

    उहाँले आफु ड्युटीमा रहँदा विरामीलाई उपचार असम्भव देख्ना साथ थप उपचारका लागी रेफर गरेको बताउनु भएको छ ।  डाक्टर आचार्यले विज्ञप्तिमा भन्नुभएको छ –पथरी अस्पतालका पारामेडिसीनहरुको लापरवाहिका कारण विरामीको मृत्यु भएको हो वा डाक्टरको लापरवाहिका कारण मृत्यु भएको हो ? यस विषयमा छानविन समिती गठन गर्न माग गर्दछु ।


    अस्पतालहरुले आर्थिक प्रलोभनमा परेर डाक्टरको अनुपस्थितीमा अस्पतालको लेटरप्याड प्रयोग गरि गम्भिर प्रकृतीका विरामी भर्ना गर्ने चलन वन्द नभएमा यस्ता प्रकृतिका घटनाहरु दोहोरिरहने समेत उहाँको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…