• काठमाडौं ,१३ असार।
     चर्को ब्याजको पीडा उत्पात छ । शब्दले यो पिडा साम्य हुदैन । अर्कातिर मुद्दामामिलाको झमेलासमेत आइपरिरहन्छ । यस किसिमको चर्को ब्याजकै परिणामस्वरूप आत्महत्यासम्मको परिस्थितिसमेत सिर्जना भएको छ ।


    तुलसीपुरका एक व्यापारी श्याम केसीबाट लाख रूपैयाँको दैनिक हजार रूपैयाँका दरले १० लाखको मासिक ३ लाख रूपैयाँ ब्याज दिने गरी चार महिनाका लागि १२ लाख रूपैयाँ ब्याज मात्र दिने गरी अर्का व्यापारी चक्रबहादुर डाँगीले ऋण लगेको बताइएको छ ।


    केसीले साँवाको चेक आफ्नो नाममा र ब्याज अर्कैको नाममा काट्न लगाउने गरेको डाँगीको भनाइ छ । तर, तोकिएको समयमा ब्याज बुझाउन नसकेपछि डाँगीले २५ लाख रूपैयाँ बुझाइसकेका छन् ।


    यो उदारणमात्र हो शक्तीका आडमा यस्तो धन्दा चलिरहन्छ । पछिल्लो समय यस्तै मिटर ब्याज (चर्को ब्याज)नाइके प्रहरीको फन्दामा परेकाछन् ।

    यीनको हैसियत मिटरब्याजका नाइके हो ? जसका साथबाट ६ थान हतियार खोसियो ।

    महानगरीय अपराध महाशाखाले मिटरब्याजका नाइके भनेर चिनिने महेशबहादुर सिंहको साथमा रहेका ६ थान हतियार नियन्त्रणमा लिएको छ ।

    सिंहले लाइसेन्स लिएर सुरक्षा प्रयोजनको लागि भन्दै हतियार राखे पनि उक्त हतियारले समाजमा त्रास उत्पन्न गराउन र अवैध काममा प्रयोग हुन थालेको सूचना आएपछी ईजाजत पत्र रद्ध गरेर हतियार बरामद गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

    मकवानपुरको हेटौंडा स्थायी घर भएका सिंह सिंहको साथबाट बाह्र बोर सटगन ४ थान, बाईस बोर राईफल, एकथान १२ बोर सटगन र १३६ राउण्ड गोली बरामद गरिएको महाशाखाले जनाएको छ ।

    लाइसेन्स लिएर राखेको हतियार दुरुपयोग गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त हतियारको लाईसेन्स रद्द गरेको थियो ।

    प्रहरी हाकिमहरुको रकम नै मिटरब्याजमा लगानी गर्ने सिंह यसअघि प्रहरीकै संंरक्षणका कारण बच्दै आएका थिए ।

    सिंहले हतियार देखाएर ठेक्का कब्जा गर्ने, अनावश्यक रुपमा गाडीमा हतियार राखेर त्रास उत्पन्न गराउने, चर्को ब्याजमा पैसा लगानी गर्ने र उक्त रकम उठाउन हतियार प्रदर्शन गर्ने गरेको पाइएपछि प्रहरीले हतियार बरामद गरेको जनाएको छ ।

    तर, अहिले महाशाखामा धिरजप्रताप सिंह प्रमुख भएर आएसँगै इजाजतप्राप्त हतियार देखाएर गैरकानुनी कार्य गर्नेहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएका हुन् ।

    यस अघि पनि उनीमाथि ठगी, अपहरण तथा शरीर बन्धक र बन्यजन्तु सम्बन्धी मुद्दा परेपनि पैसा र पहुँचका कारण उनी बच्दै आएका छन् ।
    महाशाखाले यस अघि म्यानपावर व्यबसायी रघु पुरी, मिटरब्याजका अर्का नाइके वीरेन्द्रलाल श्रेष्ठ, गुण्डा नाइके काजी शेर्पा र बलराम सापकोटाबाट हतियार बरामद गरेको थियो ।


    उनीहरुले जस्तै हतियार प्रयोगकै आडमा मिटर ब्याजका नाइके डोलबहादुर खड्का,रञ्जु खरेल,दयाराज शर्मा,राजाराम श्रेष्ठ लगायतको धन्दाका बारेमा पनि अनुसन्धान हुन जरुरी छ ।


    यस्ता नाइकेहरुको सम्पती छानबिन हुन जरुरी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…