• काठमाडौं । बुधबार समुह 'ई' अन्तर्गत ब्राजिल र सर्वियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । समुहमा ब्राजिल ४ अंकाका साथ बलियो अवस्थामा रहेको भए पनि माथिल्लो चरणमा पुग्ने निश्चित भने भइसकेको छैन तर सर्वियाको लागि माथिल्लो चरणमा पुग्नका लागि जित अनिवार्यजस्तै रहेको छ । बराबरीको नतिजामा माथिल्लो चरणमा पुग्नका लागि स्विट्जरल्याण्डले हार्नु पनि जरुरी हुन्छ ।

    ब्राजिलको लागि पनि बुधबारको खेलमा अंक हासिल गर्नु जरुरी हुन्छ । पहिलो खेलमा बराबरी खेलेसँगै ब्राजिल नयाँ योजनाका साथ अघि बढिरहेको छ । यस्तोमा सर्वियाको लागि ब्राजिलसँगको खेलमा अंक हासिल गर्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । पहिलो खेलमा स्विट्जरल्याण्डसँगको खेलमा बराबरीको नतिजा हासिल गरेको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकालाई पराजित गरेको थियो । सर्वियाले भने आफ्नो पहिलो खेलमा कोस्टारिकालाई पराजित गरेको भए पनि दोस्रो खेलमा स्विट्जरल्याण्डसँग हारको सामना गरेको थियो ।

    पछिल्लो समय प्रदर्शनको कुरालाई लिएर ब्राजिलको आलोचना भइरहेको अवस्थामा सर्वियासँगको खेलमा राम्रो प्रदर्शन गर्दै माथिल्लो चरणमा आफ्नो दबाब केही कम गर्ने ध्याउन्नमा ब्राजिल देखिन्छ ।

    हेड टु हेड
    अहिलेसम्म सर्विया र ब्राजिलको बीचमा केवल एकपटक भेट भएको छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल १–० ले विजयी भएको थियो ।

    प्लेयर्स टु वाच
    एलेक्सेन्डर मिट्रोभिक (सर्विया)
    बुधबारको खेलमा ब्राजिलको रक्षा पंक्तिलाई समस्यामा राख्नसक्ने खेलाडी हुन् मिट्रोभिक । पछिल्लो २६ खेलमा उनले १८ गोल गरिसकेका छन् । साथै उनले गोलको महत्वपूर्ण अवसरहरु पनि सिर्जना गर्ने गरेका छन् ।

    फिलिप काउटिन्हो (ब्राजिल)
    ब्राजिलको टोलीमा नेयमार केही संघर्ष गरिरहेको अवस्थामा काउटिन्होको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । उनले स्विट्जरल्याण्डसँगको खेलमा गरेको प्रदर्शन बुधबारको खेलमा पनि दोहोरिने अपेक्षा गर्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…