• काठमाडौं। बुधबार विश्वकपमा समुह ईका दुई टोलीहरु कोस्टारिका र स्विट्जरल्याण्डको बीचमा खेल हुँदैछ। नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो। कोस्टारिका विश्वकपबाट बाहिरिसकेको टोली हो भने स्विट्जरल्याण्डको लागि यो खेल निकै महत्वपूर्ण हुनेछ।

    समुहमा चार अंककासाथमा रहेको स्विट्जरल्याण्डको लागि आफ्नै बुतामा माथिल्लो चरणमा प्रवेश गर्नको लागि कम्तीमा बराबरीको नतिजा हासिल गर्नुपर्ने हुन्छ। यद्यपि सर्वियासँगको खेलमा राजनीतिक विषयलाई लिएर गोलको खुसीयाली मनाएको भन्दै स्विट्जरल्याण्डका दुई खेलाडीहरुलाई फिफाले प्रतिबन्ध लगाएको कारण उनीहरु बुधबारको खेलमा उपस्थित हुने छैनन्। जुन स्विट्जरल्याण्डको लागि एक समस्या बन्न सक्छ।

    सर्वियासँगको खेलमा निकै राम्रो प्रदर्शन गरेका खेलाडीहरु प्रतिबन्धमा परेको समयमा कोस्टारिकासँगको प्रतिस्पर्धाको क्रममा स्विट्जरल्याण्डले केही कठिन महसुस गर्नेछ। कोस्टारिकासँग हारको सामना गरेको खण्डमा उसको भाग्य सर्विया र ब्राजिलको खेलले निर्धारण गर्नेछ। यदि सर्विया र ब्राजिलको खेलमा सर्वियाले बराबरीको नतिजा वा जित हासिल गरेको र स्विट्जरल्याण्ड पराजित भएको खण्डमा स्विट्जरल्याण्ड विश्वकपबाट बाहिरिने छ।

    पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको स्विट्जरल्याण्डको लागि आफ्नो सुरुवाती दुवै खेलमा हारको सामना गरेको टोली कठिन नहुन सक्छ तर आफ्ना दुई मुख्य खेलाडी बाहिर रहेको र कम्तीमा बराबरीको नतिजा हासिल गर्नुपर्ने अवस्थामा देखिएको दबाबले भने स्विट्जरल्याण्ड केही समस्यामा पर्नसक्छ।

    हेड टु हेड
    अहिलेसम्म यी दुई टोलीहरुको बीचमा तीनपटक भेट भएको छ, जसमा दुवै टोलीले एक÷एक जित हासिल गरेका छन् भने एक खेल बराबरीमासकिएको छ।

    प्लेयर्स टु वाच
    बार्यन रुइज (कोस्टारिका)

    ठुलो प्रतियोगितामा बार्यन रुइजका लागि बुधबारको खेल अन्तिम खेल हुनसक्छ। उनले आफ्नो टोलीबाट एक सय १० खेल खेलिसकेका छन्। आफ्नो अन्तिम खेलमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छन्।

    ह्यारिस सेफेरोभिक (स्विट्जरल्याण्ड)
    यसअघि यी खेलाडी धेरै मानिसहरुको नजरमा परेका थिएनन् तर बुधबारको खेलमा उनको भूमिका स्विट्जरल्याण्डको लागि निकै महत्वपूर्ण बन्न सक्छ। अहिले अन्तिम १६ मा पुग्नको लागि बलियो अवस्थामा रहेको टोलीका लागि यी खेलाडीले आफ्नो टोलीमाथिको दबाब केहीकम गर्नको लागि सहयोग गर्न सक्छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…