• काठमाडौं । बुधबार विश्वकपमा समुह एफ अन्तर्गतका जर्मनी र दक्षिण कोरियाको बीचमा खेल हुँदैछ। पहिलो खेलमा पराजयको सामना गरेको जर्मनी दक्षिण कोरियासँगको खेलमा फराकिलो जित हासिल गर्दै माथिल्लो चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ भने दक्षिण कोरिया जर्मनीलाई रोक्दै यो प्रतियोगिता सुखद नतिजाको साथमा रुस विश्वकपलाई बिदाइ गर्ने लक्ष्यमा हुनेछ ।

    यो समुहमा अहिले दक्षिण कोरिया अंकविहीन रहेको छ भने स्वीडेन र जर्मनीको बराबर तीन अंक रहेको छ। यस्तोमा जर्मनीले बुधबारको खेलमा बराबरी खेलेको अवस्थामा मेक्सिकोले स्वीडेनलाई हराएमा मात्र जर्मनी माथिल्लो चरणमा पुग्न सक्छ। उक्त दुई टोलीको खेलमा पनि बराबरीको नतिजा हासिल भए पनि गोलअन्तरको हिसाबमा स्वीडेन वा जर्मनी को माथिल्लो चरणमा पुग्ने भन्ने कुराको छिनोफानो हुनेछ ।

    जर्मनीले पहिलो खेलमा मेक्सिकोसँग १–० गोल अन्तरको हारको सामना गरेको भए पनि दोस्रो खेलमा भने उसले स्वीडेनलाई पराजित गरेको थियो। समुहको आफ्नो अन्तिम खेलमा बुधबार दक्षिण कोरियालाई हराउनुको उसँग कुनै विकल्प रहने छैन । जसको कारण जर्मनी बुधबारको खेलमा आक्रामकरुपमा प्रस्तुत हुनसक्छ । दक्षिण कोरिया भने जर्मनीलाई रोक्ने मनसायमा नै मैदानमा उत्रिनसक्छ ।

    दक्षिण कोरियाले समुहका दुई खेलमा केही राम्रो प्रदर्शन गर्ने प्रयास गरेको भए पनि जित भने हासिल गर्न सकेन । दुई खेलमा हारको नतिजासँगै दक्षिण कोरिया समुहचरणबाटै बाहिरिने पक्काजस्तै भइसकेको छ । यस्तोमा दक्षिण कोरियाको लागि भन्दा पनि जर्मनीको लागि यो खेल महत्वपूर्ण हुनेछ । समुहचरणको खेल हेर्ने हो भने दक्षिण कोरिया जर्मनीको तुलनामा केही कमजोर देखिएको भए पनि बुधबारको खेलमा उसले जर्मनीलाई रोकेको खण्डमा त्यो उसका लागि महँगो पर्न पनि सक्छ ।

    हेड टु हेड
    अहिलेसम्म यी दुई टोलीको बीचमा तीनपटक प्रतिस्पर्धा भएको छ, जसमा दक्षिण कोरियाले एक जित हासिल गरेको छ भने जर्मनीले दुई खेल जितेको छ । विश्वकपमा भने उनीहरुको दुईपटक भेट भएको छ र दुवैमा जर्मनीले जित हासिल गरेको थियो ।

    प्लेयर्स टु वाच
    सोन ह्युङ मिन (दक्षिण कोरिया)

    यदि कोरिया जर्मनीविरुद्ध अनपेक्षित जितको नतिजा हासिल गर्न चाहन्छ भने उसको लागि सोन ह्युङ मिनले आफ्नो खेल देखाउनु जरुरी हुन्छ । टोटनह्यामका फरवार्डले निकै आक्रामक खेल खेल्ने गरेका छन् ।

    म्याक्रो रेयुस (जर्मनी)
    जर्मनीले खेलेको यो विश्वकपको दुई खेलमा एकै किसिमको खेल पस्किने एकमात्र खेलाडी हुन् रेयुस । उनले आफ्नो भूमिकामा दुवै खेलमा न्याय गरेका थिए । यस्तोमा दक्षिण कोरियालाई लागि यी खेलाडीले समस्यामा पार्न सक्छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…