• काठमाडौं । विश्वकप फुटबलको समुह डी अन्तर्गतको मंगलबार राति भएको नाइजेरिया र अर्जेन्टिनाको खेल दुवै टोलीका लागि महत्वपूर्ण थियो । जसमा बराबरीको नतिजाले नाइजेरिया राउन्ड अफ सिक्सटिनमा पुग्न सक्थ्यो भने अर्जेन्टिनाको लागि जित आवश्यक थियो ।

    यस्तो अवस्थामा नाइजेरियाको डी एरियाभित्र अर्जेन्टिनाका खेलाडीले पाखुरामा लागेको बलमा रेफ्रीले ह्याण्ड बल दिएनन् । माथिबाट आएको बललाई हेडिङ गर्ने प्रयासमा रहेका अर्जेन्टिनाका खेलाडीको पाखुरामा बल लागेको थियो ।

    नाइजेरियाका खेलाडीहरुले सो ह्याण्डबल हुनुपर्ने माग गर्दै पेनाल्टि मागेका थिए तर रेफ्रीले भीएआर हेरेर सो बलमा पेनाल्टि नदिने निर्णय गरे । –गोल लाग्ने अवस्थामा जानीजानी बल छोएमा रेडकार्ड नै दिन्छ तर मंगलबारको खेलमा गोल छुने इन्टेन्सन थिएन ।

    मैदानमा बललाई नियन्त्रणमा राख्ने क्रममा हातले बल छोएको खण्डमा ह्याण्डबल हुने फिफाको नियममा उल्लेख छ तर ह्याण्डबल दिँदा रेफ्रीले निम्न कुराहरुमा भने ध्यान पुर्याउनुपर्ने हुन्छ –
    – खेलाडीको हात कुन हिसाबमा बलप्रति गएको छ भन्ने कुरा (बल कुन अवस्थामा खेलाडीको हातमा आयो भन्ने कुरा महत्वपूर्ण हुँदैन)
    – बल र खेलाडीबीचको दूरी कति छ भन्ने कुरा (यो अनपेक्षित बलको लागि हो)
    – कुनै किसिमको गल्ती भएको छ वा छैन भन्ने कुरा हात कुन अवस्थामा थियो भन्ने कुराले थाहा पाउन सकिँदैन ।
    – हातको कपडा वा अन्य कुनै केही वस्तुले बललाई छोएको खण्डमा पनि त्यसलाई गल्ती मानिन्छ ।
    – बललाई कुनै बुट साइनगार्डजस्ता वस्तुहरु निकालेर हान्नुलाई पनि गल्ती मानिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…