• काठमाडौं । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को सम्पूर्ण कार्य सकेर छांयाकनको लागि तयार भएको छ । असार ७ गते विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्रको घोषणा गरिएको थियो । असार १५ गते काठमाडौंबाटै छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।
    काठमाडौंको छायांकन सकेर पुरानो बुलेट टिम पूर्वाञ्चल (प्रदेश नं. १) तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले जानकारी दिए । यस्तै चलचित्रको निर्माण नियन्त्रक याम प्रसाद ओलीले भने... हाम्रो प्रि पोडक्सनको सम्पूर्ण कार्यहरु सकिएको छ यस्तै कलाकारहरु पनि तम्तयार छन्, मात्र फ्लोचरमा जान बाँकी हो । चलचित्रमा कलाकारहरु अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् ।

    यस्तै निर्माताहरुमा अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् । हरि घले लामाले खिच्ने यस चलचित्रको टाइटल सङ जयन जे वाइले तयार पारेका हुन् । सन्तोष राई र भीषणको राई कथा, उत्तमजंग लिम्बुको संगीत, राजेश पायल राई, मेलिना राई र जयन जे वाइवाको स्वर रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…