• १३ जून, युएई ।
    एनआरएनए युएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा हुन गइरहेको नि:शुल्क प्राथमिक उपचार तालिमको आर्थिक सहयोगका लागि युएईका बिभिन्न शहरहरुमा प्रदर्शन हुन लागीरहेको बहुचर्चित नेपालि चलचित्र "ऐश्वर्य" को च्यारिटी शो का लागि नेपाली सिने जगतका चार जना सुप्रसिद्द कलाकारहरु युएई आइपुगेका छ्न। एनआरएन युएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार च्यारिटी शो को बिशेष अतीथिका रुपमा चर्चित नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा दुबई आइपुगेका हुन ।
    आगामी जून १५ शुक्रबार दुबईको अलकुज स्थित डलस्को हल, अजमान, रासअलखेमा र अलएनमा चलचित्रको च्यारिटि शो हुनेछ । आयोजकले चलचित्र प्रदर्शन हुने सबै इमिरेट्सहरुमा कलाकारहरुलाई उपस्थिति गराउने पहल गरिरहेको बताएका छन् । त्यसको भोलिपल्ट इदको बिदालाई सदुपयोग गर्दै दुबई देरा स्थित काल्टन टावर होटेलमा दिउँसोको १ बजेबाट र अबुधाबीको फोक्लोर कल्चरल सोसाइटी हलमा दिउँसो ४ बजे बाट सांगीतिक कार्यक्रमका साथमा चलचित्रको च्यारिटी शो गर्ने कार्य तालिका यस अघि नै सार्बजनिक गरिसकिएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार र युएईमै क्रियाशिल नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन । उक्त च्यारिटी शो बाट प्राप्त मुनाफाले हाल लाई नेपालका आठ जिल्लामा नि:शुल्क प्राथमिक उपचार First Aid तालिम कार्यक्रम संचालन गरिने आयोजकको संस्था डिस्कोभरी रोयल स्पोर्ट्स को रहेको छ ।

    गत बर्ष चैत मा पहिलो चरण अन्तर्गत नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गर्दै १ हजार भन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरि स्थानीय समुदायमा हस्तान्तरण गरिसकेको थियो उक्त तालिमको दौरानमा मिलेको उत्साहजनक र सकारात्मक प्रतिक्रिया बाट अभिप्रेरित भै यस तालिम कार्यक्रमको निरन्तरता मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी मातृभुमीको सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिलेको कुरा आयोजकले बताएका छ्न ।
    आपतकालीन अबस्थामा मानव जीवन लाई हुन सक्ने क्षति लाई कम गर्नको लागी अबलम्बन गर्नुपर्ने आधारभुत विधि एबं प्रक्रियाको सचेतना समाजमा बस्ने ब्यक्ति मार्फत समुदायमा बाँडने लक्ष्य अनुरुप दोस्रो चरणको प्राथमिक उपचार First Aid तालीम कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ। उक्त नि:शुल्क प्राथमिक उपचार First Aid तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले युएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिका साथै दुबईमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरुका साथमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र लोक दोहोरी प्रतिस्ठान युएईमा आबद्ध कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ । नेपाली सिने रजतपटका लोकप्रिय कलाकारहरुका साथमा अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र "ऐश्वर्य च्यारिटी शो एबं बृहत साँगितिक कार्यक्रम" मा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले युएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ । चलचित्र ऐश्वर्यको "च्यारिटी शो युएईका निश्चित इमिरेट्समा गर्ने तयारी तिव्र रूपमा भएको अवस्थामा सबै नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाइदिनुहुन एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले पनि अनुरोध गरेका छन ।
    हाल सम्म कार्यक्रमको सम्पुर्ण तयारी व्यबस्थित तरिकाले भैरहेको र आफ्नो मातृभुमीको लागि भैपरी आउने मानवीय सहयोगका लागि उत्प्रेरित भै आयोजना गर्न लागिएको कार्यक्रम भएका कारण यो च्यारिटि शो युएई स्थित नेपाली जनसमुदायको व्यापक सहभागीताका बिच भब्य सभ्य अनि मनोरञ्जनात्मक हुनेमा विस्वस्त छ्न यस कार्यक्रमका संयाेजक एबं एनआरएनए एनसिसि युएईका सचिब राजेस बोहरा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…