• उर्लाबारी । मिक्लाजुङ–७ की ४४ वर्षीया शान्ती राई तामाङ्को बलत्कार गरी हत्या गरेको आरोपमा स्थानीय ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । बस्नेत कुखुरा फारमसँगै खेती किसानी गर्दै आएका थिए ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जिल्ला र इलाका प्रहरी उर्लाबारीको संयूक्त विशेष अनुसन्धान टोलीले तीन महिना लगाएर गरेको अनुसन्धानबाट बलत्कार गरी हत्या गरेको आरोपमा बस्नेतलाई पक्राउ गर्न सफल भएको बताए ।

    उक्त हत्या घटनाको बारेमा यसअघि प्रदेश संसद र संघीय संसदमा पटक पटक आवाज उठिरहेकोले प्रहरीलाई टाउको दुखाई भएको थियो ।

    मिक्लाजुङ–७ स्थित कमल बोहराको घरमा फागुन १९ गते राती ११:३० बजेतिर चिन्ता हेरेर घर फर्किने क्रममा तामाङ्लाई बस्नेतले बलत्कार गरेरपछि ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीको आरोप छ ।

    प्रहरीले फागुन २० गते बिहान मिक्लाजुङ–७ स्थित ग्यांग्री खोलामा नांगो शरीर र अनुहारमा ढुंगा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको अवस्थामा तामाङ्को शव फेला पारेपछि अनुसन्धान गर्दै आएको थियो ।

    चिन्ता भएको घरदेखि ३/४ सय मिटर टाढा बेलगौडेमा तामाङ् एक्लै घर फर्किने क्रममा बस्नेतको भेट भएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीले बताए ।

    ‘चिन्ता हेर्न गएकी तामाङ् र बस्नेत दुवै जना रक्सी खाएर मातिएको अवस्थामा भेट भएको थियो,’ उनले भने, ‘तामाङ्सँग भेट भएपछि बस्नेतले खैनी र चुरोट खाँदै उनको घर सिसौलीसम्म पुर्‍याउन जाने क्रममा ग्यांग्री खोलामा घटना गरेको अनुसन्धानमा खुलेको हो ।’

    बस्नेतले स्थानीय बिर्सना राईको होटलमा रक्सी खाएर फर्किरहेको र उनले दिनभरिमा फागुन १९ गते तीन ठाउँ रक्सी खाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक केसीले बताए ।

    मृतक तामाङ् पनि पहिलेदेखि नै रक्सी, चुरोट, खैनी खाने गरेको पाइएको उनी भन्छन् । बस्नेतलाई कर्तव्य ज्यान र बलत्कार मुद्दामा कारबाही अघि बढाइएको उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…