• १३ असार २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङको पथरी बजार एरियामा नै रहेको पथरी हस्पीटलले चरम लापर्वाही गर्ने गरेको तथ्य खुलेको छ । पछिल्लो सामय पथरी शन्श्चिरे ३ का एकजना १८ महिने बालक सोहन राइको मृत्यु भए पश्चात सो कुरा बाहिर आएको थियो ।
    फोरी पथरी हस्पीटलमै काम गर्दै आएका डा. शौरभ आचार्यले आफु बिदामा भएका बेलामा जटिल प्रकृतिका विरामी लिने गरेको र त्यस्ता विरामी मरेको वा कुनै समस्या भएमा डाक्टरलाई दोस देखाउने गरेको र अfफुले नगरेको गल्तीको आरोप खेप्नु परेको गुनासो गर्दै विज्ञप्ती जारी गरेपछि थप प्रस्ट भएको छ ।
    हस्पीटलको प्रमुख डाक्टर नै बिदामा बसेको तर जटिल प्रकृतिका विरामी पनि हस्पीटलले लिने र पारामेडिसिनहरुले उपचार गरिरहने कार्य अझै भइरहेको पाइएको छ । हाल डा. शौरभ जेष्ठ २८ गते देखि नै हस्पिटलमा अनुपस्थीत छन् तर हस्पिटलले अहिले पनि बिरामीको उपचार गरिरहेको छ । यस विषयमा बुझ्दा एच.ए तथा हस्पीटल संचालक मध्येका एक इश्वरी साप्कोटाले उपचार गर्ने विषय भनेको प्रकृयागत कुरा हो । डा. शौरभले रिफर पनि गरेको तर नेवेलमा पुगेर विरामीको मृत्यु भएका कारण डा. शौरभको गल्ती नभएको बताएका छन् । सबै हस्पीटलहरुमा पारामेडिसिनहरुले नै बिरामी भर्ना गर्ने र उपचार गर्ने उनको जिकिर रहेको छ ।
    विज्ञप्तीमा डा. शौरभले भनेका छन् आकस्मिक कक्षमा कस्ले भर्ना गरेको हो ? अस्पतालको प्रमुख डाक्टर विदामा बसेको समयमा गम्भिर प्रकृतीको बिरामी भर्ना गरेर अस्पतालमा पारामेडिसिनहरुले मेरो भाग्य र भविश्य माथी खेलवाड गरेका छन् । उनले भने –‘मलाई ओभरटेक गरेर अस्पतालका स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न भएको अस्पतालमा उपलव्ध कागजातले प्रष्ट पारेको छ ।
    म २ दिनको विदामा थिए बिदा पछि अस्पताल आउँदा विरामीको अवस्था चिन्ता जनक अवस्थामा देखे र मैले तत्काल विशेषज्ञ चिकित्सककामा थप उपचारका लागी लैजान रिफर गरिदिए ।’ विरामीको उपचारमा डा. आर्चायको कुनै संम्लग्नता नरहेको प्रष्ट हुदा हुदै पनि स्थानिय जनप्रतिनिधीहरुको ठाडो आदेशमा आर्चायलाई हस्पिटलबाट हटाउने निर्णय गरेको छ । हस्पिटल संचालकले हटाउने लिखित निर्णय गरे पछि डा. आर्चायले प्रेस विज्ञप्ती निकाल्दै गम्भिर ध्यानआर्कषण भएको जनाएका छन् । विज्ञप्ती मार्फत उनले अस्पताल विरामीलाइ जिवन दिने ठाँउ हो, मृत्युबाट जोगाउने ठाँउ हो । म आफु डयूटीमा रहदा विरामीलाई उपचार असम्भव देख्ना साथ थप उपचारका लागी रेफर गरेको छु । तर पथरी अस्पतालका पारामेडिसीनहरुको लापरवाहिका कारण ति विरामीको मृत्यु भएको हो वा डाक्टरको लापरवाहिका कारण मृत्यु भएको हो यस विषयमा छानविन समिती गठन गर्न माग गर्दै डाक्टरहरुको मानहानी गर्ने, निरुत्साहित गर्ने तथा अपमान गर्ने कार्य तत्काल वन्द गर्न समेत माग गरेका छन् ।


    हस्पिटलमा लगानी गरेकै भरमा पारामेडीसिनहरुले आफुलाई डाक्टरकै रुपमा विरामीलाई उपचार गर्ने र आफ्नो शौक्षिक योग्यताको दुरुपयोग गर्ने गरेका र गम्भिर प्रकृतीका विरामीलाइ समेत डाक्टरकको अनुपस्थित औषधी चलाउने स्वास्थ्यकर्मीले आम पथरीवासीमा कस्तो उपचार सेवा दिइरहेका छन् ? उने प्रश्न गरे हस्पिटलले आर्थिक प्रलोभनमा परेर डाक्टरको अनुपस्थितीमा अस्पतालको लेटरप्याड प्रयोग गरि गम्भिर प्रकृतीका विरामी भर्ना गर्ने चलन वन्द हुनु पर्ने माग पनि गरेका छन ।
    पथरी हस्पिटलको लापारबाहीका कारण १८ महिने बालकको ज्यान गएको पीडित पक्षले आरोप लगाएका थिए । जेठ २८ गते उपचारको क्रममा विराटनगर स्थीत नोबेल अस्पतालमा सोहन राईको मृत्यु भएको थियो । सोहन राई मुत्यु पछि शवलाई पथरी हस्पिटलमा राखेर विभिन्न माग राख्दै आफ्न्तले हस्पिटल घेराउ गरेका थिए । उत्पन्न बिवादको समस्या समाधान गर्न इलाका प्रहरी कार्यालय पथरीमा भएको पीडित पक्ष र हस्पिटल संचालक दुई पक्ष बार्ताले क्रिया खर्चबापत रु १ लाख दिने सम्झैँता गरेर समस्याको सामधान गरेका थिए ।
    घरमा सामान्य ज्वरो आएपछि वच्चालाई उपचारका लागि नगरमा रहेको पथरी हस्पिटलमा जेठ २७ गते आइतवार भर्ना गरेका थिए । हस्पिटलमा भर्ना गरेपछि चिकित्सकले सामान्य ज्वरो, एम्युनिया र रगतमा खरावी देखिएको भन्दै हस्पिटलमा नै उपचार सम्भव हुने बताउदै वच्चाको स्वास्थ्य परिक्षण गर्दै आएका थिए ।
    तर हस्पिटल भर्ना गरिएको २४ घण्टा नपुग्दै वच्चाको जेठ २८ गते सोमवार दिउँसो नाकमा रगत आएको स्वस्थ्य अवस्था झन बिग्रदै गएपछि डा. आर्चायले थप उपचारका लागी विराटनगरको नोवेल मेडिकल कलेजमा रिफर गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…