• एजेन्सीमस्को, असार १३
    डिफेन्डिङ च्याम्पियन जर्मनी रसिया विश्वकप २०१८ को समूह चरणबाट बाहिरिएको छ।

    समूह चरणको अन्तिम तथा निर्णयाक खेलमा बुधबार दक्षिण कोरियासँग २ - ० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो।

    कजान एरिनामा जित्नैपर्ने खेलमा जर्मनी दक्षिण कोरियासँग स्तब्ध भएको हो। कोरियाको लागि इन्जुरी समयमा योङ्ग किम र ह्युंग मिन सनले समान एक-एक गोल गरे ।

    खेलको ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा दुई गोल गर्दै दक्षिण कोरियाले जर्मनीविरुद्ध ऐतिहासिक जित निकालेको हो।

    इन्जुरी समयको चौथो मिनेटमा किमले गोल गर्दै कोरियालाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा जर्मनीको किपर अगाडि बढेको मौकामा सनले गोल गर्दै कोरियालाई २ - ० को महत्वपूर्ण जित दिलाए।

    यो हारसँगै चार पटकको विश्व बिजेता जर्मनी पहिलो पटक समूह चरणबाट बाहिरिएको छ। यसअघिका कुनै पनि संस्करणमा जर्मनी समूह चरणबाट बाहिरिएको इतिहास थिएन।

    समूह 'एफ' मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल थियो।

    अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० ले हराउँदै समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्‍यो।

    लगातार दुई खेल गुमाईसकेको दक्षिण कोरियाले जर्मनसँग अंक खोस्नाले एसियाली मुलुक ४ अंक सहित समूहमा तेस्रो भएर रसिया विश्वकपको सुखद अन्त्य गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…