• उर्लाबारी, १३ असार । मोरङको उर्लाबारी नगरपालिका – १ स्थित रातेहोलीमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाको रु २० लाख ४० हजार, स्थानीय मनोहर सामुदायिक वनको ३ लाख र उपभोक्ताको ६० हजार लागतमा कल्भर्ट निर्माण गरिएको हो ।




    कल्भर्टको आज एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्नुभयो । निर्माण सुरु भएको दुई महिनामै उद्घाटन भएको कल्भर्टको लम्बाई ३० फिट र चौडाई १६ फिट रहेको छ । कल्भर्ट निर्माण भएपछि उर्लाबारी १ र ५ नम्बर वडाका बासिन्दाहरु लाभान्वित भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भट्टराईले जानकारी दिनुभयो ।

    कार्यक्रममा सहभागीहरुले उर्लाबारीले मेयरमा फागोलाई पाएपछी बिकासको लहर नै चलेको भन्दै प्रसङ्सा गरेका थिए ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…