• देबु बानियाँ झापा ।
    नेपाल जेसीजले वर्ष २०१८ लाई अझ प्रभावकारी र सार्थक बनाउन असार १६ गतेबाट पूर्वका शाखाबाट युवा जनजागरण अभियान सुरु गर्ने भएको छ ।
    वर्ष–२०१८ को नेपाल जेसीजकोे राष्ट्रिय अध्यक्ष प्रकरण “Yes! We Shine; By Rising Responsibility” लाई सफल बनाउँन र युवाहरुको नेतृत्व, व्यक्तित्व, उद्घमशिलताको विकास संगसंगै समाजमा सक्रिय नागरिकको भुमिका निर्वाह गर्ने उद्घोषका साथ युवा जनजागरण अभियान सुरु गर्न लागिएको हो । अभियानको क्रममा विगत ६ महिनामा नेपाल जेसीजले गरेका गतिविधिको समिक्षा गर्दै आगामी दिनहरुमा अझ बढि प्रभावकारी बनाउनका लागि थप योजनाका साथ अघि बढ्ने कार्यक्रमहरु ल्याइने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले बताउनु भयो ।
    असार १६ गते शनिवार इटहरी जेसीजबाट सुरु भएको क्षेत्र क को अभियान सुरुङ्गा हुँदै जनकपुरमा गएर समापन हुनेछ ।
    इटहरी जेसीजको आतिथ्यतामा हुने पहिलो अभियानमा मोरङ र सुनसरीमा रहेका शाखाहरुले इटहरी जेसीजसँग समन्वय गर्नु पर्नेछ । यसैगरी, असार १६ गतै नै साँझ ५ बजे सुरुङ्गा जेसीजको आतिथ्यतामा हुने कार्यक्रममा झापाका सम्पूर्ण शाखाहरुले सुरुङ्गा जेसीजसँग समन्वय गर्नु पर्नेछ । असार १८ गते जनकपुर शाखाको आतिथ्यतामा हुने कार्यक्रममा कोशी पश्चिमका सबै शाखाहरुले जनकपुर शाखासँग समन्वय गर्नु पर्ने नेपाल जेसीजका महासचिव श्रीराम पौडेलले बताउनु भयो ।
    अभियान कार्यक्रममा हरेक शाखाबाट वर्तमान अध्यक्ष, निवर्तमान शाखा अध्यक्ष तथा पुर्व अध्यक्षज्यूहरु मध्येबाट कुनै एक गरी ३ जना, कार्यकारीणि समिति मध्येबाट २ जना गरी ५ जनाको सक्रिय उपस्थितीका लागि नेपाल जेसीजले आग्रह गरेको छ ।
    साथै नेपाल जेसीजले अहिलेसम्म नेपाल जेसीजले गरेका गतिशिल यात्रालाई सफल बनाउन हरेक शाखाले गरेको साथ र समर्थनलाई उच्च कदर गरेको छ ।

    सुरुङ्गा जेसीजका अध्यक्ष भीम भटट्राईले युवा जनजागरण अभियानले जेससीजमा थप उर्जा ल्याउने बताउनु भएको छ । झापा शाखाका लागि नेपाल जेसीजले आतिथ्यता गर्ने अवसर दिएकोमा आभार व्यक्त गर्दै अध्यक्ष भट्टराईले यो वर्षका नेपाल जेसीजका हरेक गतिविधि गतिशिल रहेको बताए ।

    इटहरी जेसीजका अध्यक्ष सोमनाथ गौतमले यो अभियानले नेपाल जेसीज र सम्बिन्धत शाखाहरुबिचको सम्बन्ध सुधार हुनुका साथै नेपाल जेसीजका हरेक गतिविधिसँग सबै शाखाले जानकार हुने अवसर मिल्ने बताउनु भयो । उहाँले हरेक शाखाले नेपाल जेसीजका सबै कार्यक्रमका बारेमा नजिकबाट नियाल्ने अवसर यस अभियानले दिने बताउँदै हामीले गरेका गतिविधिलाई समेत नेपाल जेसीज समक्ष पुर्याउन पाइने बताउनु भयो ।

    यस्तो छ अभियानको कार्यक्रम तालिका

    ईटहरि जेसीज आतिथ्यतामा असार १६ गते शनिबार दिनको ११ बजेदेखि
    सम्पर्क जेसी सोमनाथ गौतम, अध्यक्ष इटहरि जेसीज –९८५२०५४२९०
    सुरुङ्गा जेसीजको आतिथ्यतामाअसार १६ गते शनिबार साँझको ५ बजे देखिसुरुङ्गा जेसीजको सचिवालयमा
    सम्पर्क जेसी भिम प्रसाद भट्टराई, अध्यक्ष सुरुङ्गा जेसीज– ९८५२६८२०२६
    जनकपुर जेसीज आतिथ्यतामा असार १८ गते सोमबार दिनको १२ बजेदेखि
    सम्पर्क जेसी जितेन्द्र कुमार महाशेठ, अध्यक्ष जनकपुर जेसीज– ९८५४०२०५००



     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…