• काठमाडौं, असार १४

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्यामा प्रकरणमा पक्राउ परेका प्रहरी अधिकारीका बारेमा आफ्नो कुनै धारणा नभएको बताएका छन्

    बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरिक्षक खनालले  तस्करीको सुन र सनम हत्याबारे बोलेका हुन्।

    ‘घटनाको अनुसन्धान गर्न सरकारले छुट्टै समिति बनाएको छ र सोही समितिले अनुसन्धान गर्दै आएको छ, त्यसमा मैले बोल्ने कुरा छैन, त्यो मेरो क्षेत्राधिकारको बाहिरको कुरा हो,’ प्रहरी महानिरिक्षक खनालले भने।

    उनले प्रहरी नेतृत्व आफूले समाल्नु अघिनै सरकारले विज्ञको सहभागिता गरेर समिति बनाएको भन्दै उक्त समितिलाई आफूले कुनै निर्देशन दिन नमिल्ने समेत स्पष्ट पारे।

    ‘सरकारले गठन गरेको समितिलाई यो गर या त्यो गर भन्ने हामीले होइन,’ उनले पत्रकारसँग भने, ‘संगठनमा राम्रो काम गर्ने प्रहरी अधिकृतको पक्षमा बोल्ने मै हो, बिगतमा पनि बोलेको थिएँ, राम्रो काम गरेका छन् भन्दैमा उनीहरुले सधै राम्रो गरेका छन् भन्न सकिन्नँ।’

    साढे ३३ किलो सुन गायव भएको भन्दै खोज्ने क्रममा सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो।

    घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीकै मिलेमतोमा विमानस्थलबाट सुन नेपाल भित्रने गरेको तथ्य बाहिर आएको थियो।

    प्रहरीको सेटिङमा सुन तस्करी हुने गरेको तथ्य बाहिरिएसँगै उच्च पदस्थ प्रहरी अधिकृतहरु पक्राउ परेका हुन्।

    घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलको संयोजकतत्वमा अनुसन्धान समिति बनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…