• एजेन्सी। विश्वकप इतिहासमा १९९८ देखि जारी साविक विजेताको बेइज्जतीपूर्ण पराजय यस पटक पनि दोहोरियो । साविक विजेता जर्मनी दक्षिण कोरियासँग बेइज्जतीपूर्ण पराजयपछि समूह चरणबाटै बाहिरिएको छ । अहिलेसम्म सबैभन्दा धेरै विश्व्कप फाइनल खेलेको जर्मनीको यो पराजय निकै आश्चर्यजनक भने होइन । विगत २० वर्षदेखि साविक विजेता यसैगरी बेइज्जतीपूर्ण पराजय व्यहोर्दै बाहिरिएका छन् ।

    १९९८ देखि अहिलेसम्ममा ५ विश्वकप विजेता राष्ट्रमध्ये ४ वटा अर्को विश्वकपमा समूह चरणबाटै बाहिरिएका छन् । एउटाले समूह चरण पार गरेपनि क्वाटर फाइनलमा बाहिरिएको छ । १९९८ को विजेता फ्रान्स २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । २००२ मा समूह ‘ए’ मा परेको फ्रान्स समूह चरणको पहिलो खेलमा सेनेगलसँग १–० ले पराजित भयो । दोस्रो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको उसले तेस्रो खेलमा डेनमार्कसँग २–० ले हार्यो । अन्ततः ऊ समूहको अन्तिम स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो ।

    २००२ को विश्वकप विजेता ब्राजिलले पनि २००६ मा लामो यात्रा तय गर्न सकेन । यद्यपि उसले यो विश्वकपमा समूह चरण भने पार गरेको थियो । तर क्वाटरफाइनलमा भने ब्राजिलको लागि फ्रान्स अभिशाप बनेर आयो । १९९८ को विजेता र २००२ मा समूह चरणबाटै बाहिरिएको फ्रान्सले २००६ मा कमब्याक गर्दै साविक विजेता ब्राजिललाई १–० ले हरायो । यो विश्वकपमा फ्रान्स फाइनलमा इटलीसँग पराजित भएको थियो ।

    २००६ को विजेता इटली २०१० मा उस्तै बेइज्जतीपूर्ण पराजयसहित समूह चरणबाटै बाहिरियो । समूह चरणको पहिलो खेलमा इटलीले पाराग्वेसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेल न्यूजिल्याण्डसँग पनि १–१ को बराबरी खेलेको इटलीले तेस्रो खेलमा स्लोभाकियासँग ३–३ ले हार्यो । यो समूहका १–१ खेल जितेका स्लोभाकिया र पाराग्वे अघिल्लो चरण जाँदा सबै खेल बराबरी खेलेको न्यूजिल्याण्ड र २ बराबरी र १ हारेको इटली समूह चरणबाटै बाहिरिए । बाहिरिँदा इटली यो समूहको अन्तिम स्थानमा थियो ।

    २०१० को विजेता स्पेनको हाल पनि २०१४ मा उस्तै भयो । स्पेन पनि २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । साविक विजेता स्पेनले साविक उपविजेता नेदरल्याण्ड्ससँग समूह चरणको पहिलो खेलमै ५–१ ले हारेको थियो । दोस्रो खेलमा चिलीसँग २–० ले हारेपछि समूह चरणबाटै बाहिरिएको स्पेनले तेस्रो खेलमा भने अस्ट्रेलियालाई ३–० ले पराजित गरेको थियो ।

    अहिले २०१८ मा आउँदा पनि साविक विजेताको उही हाल भएको छ । डिफेण्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको पहिलो खेल मेक्सिकोसँग १–० ले हारेको जर्मनीले दोस्रो खेलमा स्वेडेनलाई भने २–१ ले हराएको थियो । तर, तेस्रो खेलमा कमजोर मानिएको दक्षिण कोरियासँग २–० ले पराजित भएसँगै डिफेण्डिङ च्याम्पियन जर्मनीको विश्वकप यात्रा टुंगिएको छ । बाहिरिँदा जर्मनी पनि समूहमा अन्तिम स्थानमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…