• काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ। महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको छ।

    जफत गरिएका ती सबै सामग्री लिलाम प्रक्रिया लगिने छ। कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्कीलगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो।

    बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावत गर्न समस्या परेकाले कामपाले योे अभियान शुरु गरेको हो। यसले निरन्तरता पाउने पनि कामपाले जनाएको छ। गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरिएको थियो।

    उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको कामपा नगर प्रहरी महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

    गत जेठ ६ गतेदेखि थालनी गरेको सो अभियानअन्तर्गत २७८ जनालाई सामानसहित पक्राउ गरिएको थियो। तीमध्ये १७८ जनाको सामान दर्ता गरिएका छन्। बाँकी सय जनाले सामान दाबी गर्न नआएका कारण दर्ता गर्न सकिएको छैन्।

    यसैगरी, अभियानका क्रममा करीब ७० जनाबाट तत्काल बिग्रिने, सड्ने, गल्ने सामान जफत गरिएकाले उनीहरुलाई कारवाही गरेर छोडिएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…