• काठमाडौं, १४ असार । विश्वकप २०१८ अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा कोलम्बीयाले अफ्रिकी राष्ट्र सेनेगललाई १–० गोल अन्तरले हराउँदै समुह विजेताको हैसियतमा नकआउट चरण प्रवेश गरेको छ ।

    त्यस्तै सेनेगल समान अंक भएको जापान भलाद्मी खेल अर्थात् फेयर प्लेको कारण उपविजेताको हैसियतमा नकआउट चरण पुगेको छ र सेनेगल विश्वकपबाट बाहिरिएको छ ।

    यसअघि सेनेगल र कोलम्बीयाले पहिलो हाफमा कुनै गोल गर्न नसकि गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफमा सेनेगलको तुलनामा कोलम्बीयाको खेल फितलो थियो ।

    तथापी दोश्रो हाफमा राम्रो खेलको कोलम्बीयाले खेलको ७५ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । येरी माइनाले कर्नरबाट आएको बललाई हेडिङ गर्दै गोल गरेपछि कोलम्बीयाले खेलमा पकड लिएको थियो । उक्त खेलमा थप गोल नभएपछि अन्ततः कोलम्बीया यो खेलको मात्र नभएर समुह ‘एच’ को पनि विजेता बन्न सफल भएको छ ।

    यो खेलको समाप्ती पछि अंक तालिकाको गणना गर्दा जापान र सेनेगल समान ४ अंक मै सिमित रहेको तथा दुबै टोलीले समुह चरणको ३ खेलमा ४ गोल गर्दै ४ गोल नै खाएको कारण गोल पनि समान नै थियो ।

    यस्तो अवस्थामा जुन टोलीको फेयर प्ले छ, उसलाई बढि अंक प्राप्त हुने फिफाको नियम छ । जापानले यस प्रतियोगितामा सेनेगलको तुलनामा कम पहेंलो कार्ड खाएको कारण समान अंक र गोल अन्तर हुँदा हुँदै पनि जापानले नकआउट चरण पुग्ने अवसर पाएको हो ।

    आजको खेलपछि विश्वकपको दोश्रो चरणमा पुग्न सम्भव अन्तिम अफ्रिकी मुलुक पनि विश्वकपबाट बाहिरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…