• काठमाडौं, १४ असार । विश्वकप २०१८ अन्तर्गत आज भएको खेलमा पोल्याण्डसँग १–० गोल अन्तरले हारेपनि एसियाली राष्ट्र जापान नकआउट चरणमा पुग्न सफल भएको छ ।

    अर्को खेलमा सेनेगल कोलम्बीयासँग पनि समान १–० गोल अन्तरले हारेपछि जापान र सेनेगल समान ४ अंक मै सिमित रहेको थियो । त्यस्तै जापान र सेनेगलले समुह चरणको ३ खेलमा ४ गोल गर्दै ४ गोल नै खाएको कारण गोल पनि समान नै थियो ।

    यस्तो अवस्थामा जुन टोलीको फेयर प्ले छ, उसलाई बढि अंक प्राप्त हुने फिफाको नियम छ । जापानले यस प्रतियोगितामा सेनेगलको तुलनामा कम पहेंलो कार्ड खाएको कारण समान अंक र गोल अन्तर हुँदा हुँदै पनि जापानले नकआउट चरण पुग्ने अवसर पाएको हो ।

    प्रतियोगितामा अन्य टोलीको तुलनामा भलाद्मी पाराले खेलेको जापानले प्रतियोगिताको यस्तो महत्वपूर्ण अवस्थामा फेयर प्लेको लागि पुरस्कृत भएको छ । उसो त जापानले विश्वकपको १९ खेल सम्म रातो कार्ड नखाने रेकर्ड पनि कायम गरेको छ ।

    यसअघि पहिलो हाफमा शानदार सुरुवात गरेको जापानले खेलको सुरुवातमै राम्रा अवसरहरु सिर्जना गरेको थियो । गोल गर्न असफल भएपनि यसले पोल्याण्डलाई रक्षात्मक खेल्न बाध्य बनाएको थियो ।

    जापानको खेलले दबाबमा परेको पोल्याण्डले खेलको ३२ औं मिनेटमा राम्रो अवसर पाएपनि जापानी गोल किपरले गोल हुन बाट बचाएका थिए । त्यसपछि दुबै टोलीले गोल गर्न असफल भइ पहिलो हाफ गोल रहित खेलिएको थियो ।

    दोश्रो हाफ जापानले राम्रो खेलेपनि खेलको ५९ औं मिनेटमा पोल्याण्डका लेविन कुर्जावाले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाउन सफल भए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा जापान समुह चरणको अन्तिम खेलमा पराजित भएको छ ।

    आजको खेल समाप्ती भएसँगै समुह ‘एच’ बाट कोलम्बीया समुह विजेताको हैसियतमा र  भाग्यले साथ दिएको जापान उपविजेताको हैसियतमा नकआउट पुगेर विश्वकप यात्रा लम्बाएको छ भने दुर्भाग्यशाली रहेको सेनेगल विश्वकपबाट आउट भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…