• नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ । केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो ।

    ‘तीनवटै तहमा सरकार भएकाले सबैमा पार्टीको संसदीय दल गठन गर्ने गरी पार्टीको विधान बनेको छ,’ विधान निर्माणमा संलग्न नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले भने, ‘स्थानीय तहमा पनि संसदीय दल बनेपछि पार्टी नीतिअनुसार अझ प्रभावकारी कार्यसम्पादन हुने विश्वास गरिएको छ ।’

    स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ । नयाँ पत्रिकाबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…