• काठमाडौं,१५ असार । विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ ।

    अदनान जानुजार्इ निर्णायक गोल गरेपछि समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम १६ मा बेल्जियमले समूह एच को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्ने छ ।

    बेल्जियमका अदनान जानुजाइले ५१ औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । बेल्जियमसँग पराजित भएपछि इङ्ल्यान्ड समूहका २ खेलमा जित र एक हारसहित उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । अब उसले क्वार्टर फाइनलका लागि समूह एचको विजेता कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ ।

    समूह विजेता च्याम्पियन

    पछिल्ला पाँच विश्व कप फाइनल खेल्ने १० टिममा केबल फ्रान्स मात्रै समूहको शीर्ष स्थानमा थिएन । सन् २००६ मा फ्रान्स विश्वविजेता बन्न सकेन । सन् १९९८ देखि सन् २०१४ सम्म समूहको शीर्ष स्थानमा रहेका टोलीले विश्वविजेता बनेका छन् ।

    ८२ वर्षपछिको जित

    इङ्ल्यान्ड र बेल्जियम २१ पटक भिडेका थिए । जसमा केबल एक पटकमात्रै बेल्जियम विजयी भएको थियो । अर्कातिर इङ्ल्यान्डले १५ वटा जित दर्ता गरेको थियो । बेल्जियम ९ मे १९३६ मा भएको खेलमा इङ्ल्यान्डविरूद्ध ३-२ ले विजयी भएको थियो । त्यसयछि यही विश्वकपमा मात्रै उसले इङ्ल्यान्डलार्इ हराउन सकेको हो ।

    बेल्जियमले २८ जुनमा यसभन्दा अघि पनि २ पटक खेलिसकेको छ । तर दुवैमा हार मिलेको अवस्थामा यो पटक भने उसले जित निकाल्यो । यसअघि १९८२ जुन २८ मा उसलार्इ पोल्यान्डले ३-० र १९८६ जुन २८ मा फ्रान्सले ४-२ ले हराएको थियो ।

    इङ्ल्यान्डको ८ गोल

    इङ्ल्यान्डको टिमले समूह चरणमा अहिलेसम्म ८ गोल गरेको छ । तर बेल्जियमविरूद्ध उसका धारिला स्ट्राइकर फेल भए । यसभन्दा पहिले इङ्ल्यान्डले सन् १९६६ को विश्वपकपमा ८ भन्दा धेरै गोल गरेको थियो । त्यो बेला उसले ११ गोल गरेको थियो।

    समूह चरणमा ११ गोल गर्दै त्यो बेला इङ्ल्यान्डले विश्वकपको उपाधि पनि उचालेको थियो । ह्यारी केनले समूह चरणमा पाँच गोल गरेका थिए । उनी भन्दा धेरै इङ्ल्यान्डका लागि सन् १९८६ को विश्व कपमा ग्यारी लिनेकरले ६ गोल गरेका थिए । त्यो बेला लिनेकरले गोल्डेन बुट पनि जितेका थिए ।

    लुकाकुको चार गोल

    बेल्जियमका प्रमुख स्ट्राइकर रोमेलु लुकाकु चोटका कारण इङ्ल्यान्डविरूद्ध मैदानमा उत्रिएनन् । उनले पनि यो विश्वकपमा पनामा र ट्युनिसयाविरूद्ध चार गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा उभ्याएका छन् ।  अन्नपुर्ण पोष्टका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…