• काठमाडौं असार १५ । By: ratokalam

    बिभिन्न जातिय संठगनले आफ्नो सरकारले राष्ट्रिय परिचय पत्रमा लागि दरखास्त फाराम भराईरहेकोमा आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
    आफुले धर्ममा किराँत लेख्ने सहमति भएको जनाउदैं सहमती भएका जातिय संगठनलाई थरमा आफ्नो थर र धर्ममा किराँत लेखाउन अपिल गरेको छ ।
    कोटेश्वरबाट किराँत राई यायोक्खाका अध्यक्ष दिवस राई, किराँत याक्थुम चुम्लुङ अध्यक्ष योगराज लिम्बू, सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार,किरात याक्खा छुम्माका अध्यक्ष लिलु याक्खा, नेपाल धामी समाजका अध्यक्ष सुखबिर थामी, जिरेल संघ नेपालका अध्यक्ष टहल बहादुर थामी र किराँत धर्म तथा साहित्य उद्यान संघका अध्यक्ष डकेन्द्रसिंह लिम्बू ले संयुक्त अपिलमा हस्ताक्षर गर्दै सो अपिल गरेका हुन् । राज्यले जातिय पहिचान र धर्मसंकस्कृतिलाई संरक्षण गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

    संयुक्त अपिल


    हामी राई,लिम्बु,सुनुवार,याख्या,धामी,जिरेल नेपालका आदिवासी जनजातिहरुले २०४८,२०५८ र २०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा जातिको महलमा आ—आफ्नो मातृभाषाहरु,थरको महलमा आफ्नो थरहरु,धर्मको महमलमा किरात धर्म लेखाएर आ—आफ्नो पहिचानहरुलाई राज्यमा स्थापित गरेको सबैमा गर्वसाथ जानकारी गराउदछौ । हालैका दिनहरुमा नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको लागि दरखास्त फाराम भराइरहेको छ । यस विषयमा हामी हाम्रो ध्यानाकर्षण भई फाराम भर्दा थरको महलमा आफ्नो आफ्नो थरहरु,जातिको महलमा आफ्नो आफ्नो जाति जस्तै राई,लिम्बु,सुनुवार,याख्या,धामी,जिरेल,धर्मको महलमा किरात धर्म र मातृभाषाको महलमा आफ्नो आफ्नो मातृभाषाहरु जस्तै,राई (थरगत भाषा याम्बुले राई,दुमी राई,पुमा राई,वान्तवा राई,चाम्लिङ राई,थुलुङ राई,कुलुङ राई,आदि) लिम्बू,सुनुवार,याख्या,धामी,जिरेल,लेख्न लेखाउन हार्दिक अपिल गर्दछौ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…