• सल्लेरी, सोलुखुम्बु, असार १५ गते । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।

    दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…