• झापा, १५ असार । व्यक्तिगत टिकाटिप्पणीमा प्रेस काउन्सिलको नाममा उजुरी परेपछि धरानबाट प्रकाशित फास्ट टाईम्स दैनिकका सम्पादक केशव घिमिरे विस्थापित भएका छन् ।
    प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षका किशोर श्रेष्ठका बिषयमा फेसबुकमा गरिएको सामान्य कमेन्टलाई प्रेस काउन्सिलले प्रहरी अपराध अनुसन्धान महाशाखामा विद्युतीय कारोवार ऐन उलंघन भएको भन्दै कारवाहीका लागि उजुरी दिएपछि पत्रकार घिमिरे पाँचदिनदेखि विस्थापित भएका हुन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा सूचनाको हकका अभियन्ता तारानाथ दाहालले फेसबुकको सामग्रीेमा विद्युतीय कारोवार ऐन आकर्षित हुन नसक्ने बताएका छन् । उनले व्यक्ति व्यक्ति बिचको बिवादमा उजुरी गरेर प्रेस काउन्सिल क्षेत्राधिकार बाहिर गएको बताए ।
    कावा अध्यक्ष पूर्वाग्रही
    श्रेष्ठ सम्पादक रहेको जनआस्था दैनिकमा २०५९ साल असोज २३ गते नायिका श्रीशा कार्कीको नग्न तस्वीर छापिएपछि उनले आत्महत्या गरेकी थिइन । श्रेष्ठ बिरुद्ध त्यसबेला सडकमा जुलुस लागेको थियो । प्रहरीले श्रेष्ठ बिरुद्ध हत्या अभियोगमा अनुसन्धान गरेपछि उनी भाग्दै धरान आएको प्रशंग मिघिरेले आफ्नो कमेन्टमा गरेका थिए । यसैलाई श्रेष्ठले प्रेस काउन्सिलको दुरुपयोग गरी घिमिरे बिरुद्ध काउन्सिल मार्फत उजुरी गराएका हुन् ।
    काउन्सिलको उजुरी परे लगत्तै घिमिरे सुनसरीको इनरुवामा भएको पारिवारिक बिवाहमा रहेका बेला हतियारधारी प्रहरीले असार ११ गते घेरा हालेर पक्राउ गर्न प्रयास गरेको थियो । बिवाह बिथोलिने अवस्था भएपछि पत्रकार घिमिरे प्रहरीलाई छलेर भूमिगत भएका हुन् ।
    पत्रकार महासंघको भूमिका अन्योलमा
    पत्रकार घिमिरेले विस्थापित भए लगत्तै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, प्रदेस कमिटी र सुनसरी जिल्ला शाखामा सहयोगका लागि आग्रह गरेका थिए । महासंघ केन्द्रीय पदाधिकारीले व्यक्तिगत पहल गरेपनि संस्थागत निर्णग गरेका छैनन् । अध्यक्ष गोवन्द आचार्य प्रेस काउन्सिलका पदेन सदस्य हुन् । महासंघ केन्द्रको स्पस्ट धारणा सार्वजनिक नहुँदा प्रदेस र जिल्ला शाखाहरु अन्योलमा परेका छन् ।
    महासंघ केन्द्रीय कार्यालयमा आफ्नो सुरक्षा र पुर्नस्थापनाका लागि घिमिरेले निवेदन दिएको तीनदिन भएको छ । उनी पत्रकार महासंघ सुनसरी शाखाको दुई पटक अध्यक्ष भइसकेका हुन् ।
    संघ संगठनको आपत्ति
    नेपाल युनियनले काउन्सिलको बिवादस्पद भूमिकाको आलोचना गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले बिहिवार जारी गरेको विज्ञप्तिमा सामाजिक संजालमा प्रयोग भएका सामग्रीलाई विद्यूतीय कारोवार ऐन अन्तर्गत प्रहरी लगाएर कारवाही गर्ने बिषयले गम्भिर बनाएको उल्लेख छ ।
    यसैगरी प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियन सुनसरी शाखाले सामाजिक संजालमा भएको टिकाटिप्पणीलाई प्रेस काउन्सिलले पत्रकार बिरुद्ध साइबर अपराधमा मुद्धा चलाउने कुराले गम्भिर बनाएको उल्लेख छ । चौतारीका अध्यक्ष शेखर ढकाल, सेन्टरका अध्यक्ष श्रीशिषा राई र युनियनका अध्यक्ष गणेश निरौलाले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रेस काउन्सिल जस्तो सम्मानित संस्थालाई कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले बिवादमा ल्याउने कार्य उचित नभएको उल्लेख छ । काउन्सिलको उजुरीले पत्रकार घिमिरे बिस्थापित भएकाले अविलम्व पुर्नस्थापित गर्न महासंघ केन्द्रीय समिति, प्रदेश समिति र सुनसरी शाखालाई आग्रह गरिएको छ ।सजिलोखबरबाट

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…