• गोपाल काफ्ले

    पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका नगरप्रमुख दिलिपकुमार राईले सरकारी गाडीको चरम दुरुपयोग गर्ने गरेको पाईएको छ ।
    स्थानिय निकायको चुनावमा एमालेबाट निर्वाचित नगरप्रमुख राईले पार्टीका नेता कार्यकर्ताको जन्ती तथा मलामी जान् र पार्टीको झण्डा ओडाउन जाने क्रममा समेत सरकारी कार्यलयको गाडी नै लिएर पुग्ने गरेका छन ।

    नेपाल सरकारबाट नगरपालिकालाई प्राप्त को १ झ ५१४ नम्बरको को बोलेरो गाडी नगरप्रमुखले आफ्नो निजि काममा जाँदा सरकारी गाडीको प्रयोग गर्न नमिल्ने भए पनि बिबाह, पार्टी, र भेटघाटमा जाँदा पनि यहि गाडी प्रयोग गर्ने गरेका छन जनताको कर बाट संकलित रकमबाट तलब सुबिधा लिने प्रमुख र उपप्रमुखले आफ्नो आस्थाको पार्टीको र निकटका ब्याक्तीकोमा जाँदा सरकारी गाडी कुदाउने गरेका छन ।



    यसैबिच सो नगरका कर्मचारीहरुले समेत सरकारी बिदा र शनिवार पनि मोटरसाईकल आफुसंगै राख्ने र आफुखुसी प्रयोग गर्ने गरेका छन ।
    बिहिबार पार्टीका एक कार्यकर्ताको मृत्युपछि पथरीशिनश्चरेबाट झन्डै १० किलोमिटरको दुरीमा रहेको क्षेत्रमा नगरप्रमुख र उपप्रमुख नै सरकारी गाडी लिएर मलामी पुगेका हुन । कार्यलय नै खाली गरी ३ घण्टा सम्म कार्यलयबाट गई मलामी बसेर फर्केका प्रमुख र उपप्रमुख निर्वाचित भए यता नै सरकारी गाडीको दुरुपयोग गर्दै आएको स्थानीय नगरबासीहरु समेत आरोप लगाउँछन । यस बिषयमा प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

    पटक पटक बिभिन्न बिवादमा मुछिदै आएका नगर प्रमुख र उपप्रमुखले मलामी जाँदा समेत सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय नगरबासीहरुले समेत आक्रोश पोखेका छन । पार्टीका एक नेताको मलामी जाने क्रममा पछिल्लो समय उनीहरुले सरकारी गाडीको दुरुपयोग गरेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…