• उर्लाबारी÷धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि भन्ने नाराका साथ शुक्रबार उर्लाबारी ६ स्थित पाठशाला कृषि सहकारी संस्था लि.ले धान दिवश कार्यक्रमको आयोजना गरेको छ ।
    सहकारीले लिजमा लिएको जग्गा मध्ये ९ कट्ठा जग्गामा सामूहिक धान रोपेर धान दिवस मनाइएको हो । धान रोपाईमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, १ नं. प्रदेशको कृषि मन्त्रालयका सह सचिव मनोज यादव क्षेत्रीय कृषि विकास कार्यलयका वरिष्ठ कृषि प्रसार अधिकृत डा.राजेन्द्र उप्रेती,उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेल,सहकारी संस्थाका अध्यक्ष दुगौप्रसाद खतिवडा लगायत संस्थाका शेयर सदस्यले धान रोपेका थिए ।


    यस अघि भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले कृषि उत्पादन वृद्धिका लागि किसानसँग नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
    शुक्रबार नगरपालिकाको सहयोगमा पाठशाला कृषि सहकारी संस्था उर्लाबारी ६ ले आयोजना गरेको धान दिवस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । अन्न उत्पादन गर्ने किसानलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र मल वीउ उपलब्ध गराउन नगरपालिका जहिले सुकै क्रियाशील रहने बताउँदै उहाँले भन्नुभयो–‘अनुदान प्राप्त गर्न मात्र गरिने कृषि ब्यावसायलाई नगरपालिकाले कुनै सहयोग गर्दैन । उहाँले नगरपालिकाको लगानी भएपछि त्यसको प्रतिफल नगरपालिकाले नै खोज्ने उल्लेख गर्दै प्रतिफल देखिएन भने त्यस्ता किसान र संस्था कारबाही भोग्न तयार भए हुन्छ ।
    उहाँले आर्थिक समृद्धिको आधार कृषि उत्पादन भएको बताउँदै अन्नमा मात्र परनिर्भरता घटाउन सके मुलुकको ठूलो धनराशी धान र मकै किन्नमा खर्च नहुने उल्लेख गर्नुभयो । नगर प्रमुख फागोले अर्को एक फरक प्रसङ्गमा भन्नुभयो–‘केही अखवारहरू मेरा विरुद्वमा मिडियावाजी गरिरहेका छन् । तर, मैले भोट मात्र जितेको होइन ,नगरवासीको मन पनि जित्ने लक्ष्यका साथ काम गरिरहेको छु । सञ्चार माध्यम बैचारिक आस्थाका आधारमा सञ्चालन भइरहेको भन्दै उहाँले त्यो समाजका लागि घातक हुने संकेत गर्नुभयो । नगरवासीका समस्या सम्बोधनमा आफू सधैं चिन्तित रहेको बताउँदै फागोले भन्नुभयो– ‘ नगरको बिकासमा दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्छु,त्यसैले कोठे समाचारहरू प्रति मलाई विश्वास छैन । उहाँको भनाई थियो –पत्रकारिता सम्मानित पेशा हो , यसलाई सहि ढङ्गले प्रयोग गर्न सके मात्र नागरिकले सत्य सूचना पाउन सक्छन् ।
    १ नं. प्रदेशको कृषि मन्त्रालयका सह सचिव मनोज यादवले देशको प्रमुख अन्नबाली धान भएको बताउँदै धानको उत्पादन वृद्धिमा जोड दिनुभयो ।


    कार्यक्रममा बोल्दै क्षेत्रीय कृषि विकास कार्यलयका वरिष्ठ कृषि प्रसार अधिकृत डा.राजेन्द्र उप्रेतीले २ दशक अघि सम्म धान निर्यात गर्ने नेपाल अहिले धानमा परनिर्भर भएको बताउनु भयो । उहाँले कृषियोग्य जग्गामा जथाभावि प्लटिङ भएको बताउँदै नेपालको ठूलो श्रम शक्ति बैदेशिक रोजगारमा गइदिँदा नेपालका दुई बाली धान खेती हुने जग्गा बाँझै रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो –‘थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने प्रविधि भित्रिसकेकोले प्रविधिमा आधारित खेती गरे खाद्यान्नको परनिर्भरता अन्त्य गर्न सकिन्छ । उहाँले एसआरआई प्रविधिबाट खेती गरे धानको उत्पादन बढाउन सकिने बताउनु भयो ।
    वडा नं. ६का वडाध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा भएको धान दिवश कार्यक्रममा कृषि विकास बैंक उर्लाबारी शाखाका प्रमुख मनोज भट्टराई,पाठशाला कृषि सहकारी संस्था लि का अध्यक्ष दुर्गाप्रसाद खतिवडा लगायतका वक्ताले बोल्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…