उर्लाबारी÷उर्लाबारी ७ स्थित मावा समृद्धि बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष धु्रवचन्द्र पराजुलीले आफू अध्यक्ष रहेको सहकारी संस्थाका बिषयमा उर्लाबारीबाट प्रकाशित एक दैनिक पत्रीकाले प्रकाशन गरेको समाचार कपोकल्पित र भ्रामक भएको बताएका छ्न ।
शुक्रबार उनले उर्लाबारी र मिक्लाजुङका २ हजार १ सय ६३ शेयर सदस्यहरूको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको बताए । उनले कुनै पत्रिकाले कोठे समाचार लेखेकै भरमा शेयर सदस्यलाई नआत्तिन आग्रह समेत गरे।
उनले पत्रिकामा आएको समाचारका पछि नलाग्न समेत सदस्यहरूलाई आग्रह गरेका छ्न । मावा समृद्धि सहकारी संस्था समूदायमा आधारित भएको बताउँदै उनले १÷२ जना सञ्चालकहरूलाई विवादमा ल्याएर सहकारी संस्थाको भविष्य प्रति नै प्रश्न उठाउनु गैर जिम्मेवार कार्य भएको बताए।
पराजुलीले सोही पत्रिकाले ६ महिना अघि मावा समृद्धि फड्को मार्दै भनेर समाचार छापेको जानकारी गराउँदै भने –‘सहकारी संस्था ब्यापारीक निकाय होइन, ताकि कसैले ईच्छाएको बेला कुनै सहयोग गर्न सकियोस । उनले पूर्वाग्रही ढङ्गले समाचार छापेको बताउँदै सहकारीले पत्रिकाका सम्पादकहरूको अपेक्षा पुरा गर्न नसक्दा सहकारीको भविष्यमा धावा बोलेको सङ्केत गरे।
समाचारमा उठान भएको विषय असत्य भएको बताउँदै मिक्लाजुङका शेयर सदस्य सन्तोष गौतमले असार १४ सम्म नियमित बचत गरिरहेको संस्थाको बचत विभागले जनाएको छ । बचत कर्ताले आफ्नो निक्षेप चाहेको बेला फिर्ता लिन सक्ने बताउँदै अध्यक्ष पराजुलीले संस्थाले सहकारी ऐन, निर्देशिका र नियमावलि अनुसार काम गरेको छैन् भने नियमक निकायको कारबाही भोग्न तयार रहेको बताए । कथित स्रोत उल्लेख गरेको प्रकाशित समाचारमा सत्यता नरहेको दोहो¥याउँदै उहाँले नियमित वार्षिक साधारण सभा,लेखा परीक्षण, कर चुक्ता , शेयर सदस्यको दर्ता किताव, चार खाता सबै अद्यावधिक रहेको बताए ।
सहकारी संस्था किनबेच भएको भन्ने विषय झनै आपत्ति जनक भएको उनको भनाई छ । सहकारी संस्था किनबेच गर्ने कानूनी ब्यवस्था नै नभएको बताउँदै ६ महिना अघि हाम्रै सहकारी उत्तम , राम्रो , समृद्ध र फड्को मारिरहेको देख्ने पत्रिकाले असार १५ गते कसरी शेयर सदस्यको बचत जोखिममा रहेको देख्यो ? हामी नै आश्चर्यमा परेका छौं ।
उहाँले पत्र पत्रिकाले समाजलाई उज्यालोबाट तर्फ डो¥याउनु पर्ने बताउँदै भन्नुभयो–संस्थाका सदस्यको बचत जोखिममा छैन् , ढुक्क भएर कारोवार गर्नुहोस ,हामी निक्षेपको सुरक्षा दिन प्रतिवद्ध छौं ।