• काठमाडौं, १५ असार । रसियामा जारी विश्वकप २०१८ मा सर्वाधिक गोल गर्ने सुचीमा रहेका ५ खेलाडिहरु यस प्रकार छन् ।

    ह्यारी केन (इंग्ल्याण्ड)

    विश्वकपको समुह चरणको २ खेलमा ५ गोल गरेको ह्यारी केन यस विश्वकपको सर्वाधिक गोलकर्ता हुन् । उनले ट्युनिसिया विरुद्ध २ गोल गरेका थिए भने पनामा सँग ह्याट्रिक नै गरेका थिए । उक्त ह्याट्रिकमा २ गोलचाहिं पेनाल्टी मार्फत् गरेका थिए ।

    क्रिष्टीयानो रोनाल्डो (पोर्चुगल)

    समुह चरणको समाप्तीसम्ममा ४ गोल गरेका रोनाल्डोले पहिलो खेल स्पेनसँग खेल्ने क्रममा  ह्याट्रिक गरी हालसम्म ४ गोल गरेका छन् । उक्त ह्याट्रिकमा एक गोल पेनाल्टी मार्फत् गरेका थिए । त्यस्तै मोरक्को विरुद्ध पनि उनले १ गोल गरेकोमा सोही गोलनै उक्त खेलको निर्णायक गोल भएको थियो । समुह चरणको अन्तिम खेलमा इरानसँग पेनाल्टीमा गोल गर्न असमर्थ रोनाल्डोले थप गोल गर्न सकेका छैनन् ।

    रोमेलु लुकाकु (बेल्जियम)

    विश्वकपको ३ खेलमा ४ गोल गरेका बेल्जियमका स्टार रोमेलु लुकाकुले पहिलो खेलमा पनामा विरुद्ध २ गोल गरेका थिए । त्यस्तै ट्युनिसियासँग बेल्जियमले कुल ५ गोल प्रहार गरेकोमा लुकाकुले पनि २ गोल गर्न सफल भएका थिए । तथापी समुह चरणको अन्तिम खेलमा इंग्ल्याण्ड विरुद्ध उनि गोल गर्न भने चुकेका छन् ।

    डेनिस चेरिसेभ (रसिया)

    आयोजक रसियाका स्टार डेनिस चेरिसेभले यस विश्वकपमा ३ गोल गरेका छन् । पहिलो खेलमा साउदी अरब विरुद्ध २ गोल गरेका उनले इजिप्ट विरुद्ध पनि १ गोल गरेका छन् । उरुग्वे विरुद्ध आत्मघाती गोल गरेका उनले उक्त खेलमा आफ्नो टोलीको लागि कुनै गोल गर्न सकेनन् ।

    डियगो कोस्टा (स्पेन)

    पहिलो खेलमा पोर्चुगल विरुद्ध २ गोल गरेका कोस्टाले यस विश्वकपमा कुल ३ गोल गरेका छन् । अर्को गोल उनले इरान विरुद्ध गरेका थिए । इरान विरुद्धको खेलमा कोस्टाको गोल नै निर्णायक भइ स्पेनले महत्वपूर्ण ३ अंक हात पार्न सफल भएको थियो । मोरक्को विरुद्ध कुनै गोल गर्न नसकेका उनि स्पेनका महत्वपूर्ण खेलाडि हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…