सुर्खेत, १६ असार : जुम्लामा केही स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ । डा गोविन्द केसी जुम्लामा पुगेपछि निषेधित क्षेत्र घोषिणा भएको चर्चा चलेको छ ।
यसैबीच चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको भनी सोको विरोधमा डा गोविन्द केसी १५औँ अनशन बस्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक सूचना टाँसी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०० मिटर वरपर कुनै पनि प्रकारको अनशन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न निषेधित क्षेत्र तोकेको हो ।