• काठमाडौं, । बौद्ध–जोरपाटी–दक्षिणढोका–थली–साँखु सडक खण्डको मर्मत सम्भारका लागि सडक चौडा बनाउने काम शुरु भएको करिव दुई बर्ष हुँदा समेत निर्माण काम पुरा हुन नसक्दा स्थानीय ठूलो मारमा परेका छन् ।

    यस सडक खण्डको दुरावस्थाका कारण दैनिक ओहोरदोहोर गर्ने लाखौं जनता तथा स्थानीय प्रताडित भइरहँदा समेत सरोकारवाला कसैले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल गरेका छैनन् ।

    यसैबीच चावहिल–जोरपाटी–साँखु सडक खण्ड समयमा निर्माण गर्न सरोकारवाला निकायलाई दबाब दिने उद्येश्यले शुक्रबार जोरपाटी ओरालोमा व्यङग्यात्मक  सडक कबिता बाचन कार्यक्रम गरियो ।

    कार्यक्रम अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान, घुम्ती कबि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान लगायतको  संयुक्त आयोजना भएको हो । कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष बेदमणि घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभयो ।

    कार्यक्रममा साहित्यकार पूर्ण प्रसाद पन्त ,ओम प्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेल,  लगायत अन्य कविले  आफ्नो कबिता र गीत मार्फत हिलाम्मे सडक माथि व्यंग्य गर्नु भएको थियो । कवित तथा गीत मार्फत उनीहरुले जनप्रतिनिधि तथा प्रशासन विरुद्ध कडा आक्रोश पोखेका थिए ।

    सामाजिक अभियन्ता कुमार राज सुवेदीले चाबहिल, बौद्ध, जोरपाटी ,साँखु सुन्दरीजल सडकको अति दूररावस्थाको बिषयमा नागरिक दवाब अभियान संचालन गरिएको बताउनुभयो

    । पीडित जनताको  धैर्यताको बाँध पनि फुट्नै लागिसकेको अवस्थामा चाँडो सडक निर्माण गर्नको लागि दबाबका अन्य कार्यक्रम अघि ल्याउने समेत सुवेदीले बताउनुभयो ।

    वर्षौ बितिसक्दा पनि सडक निर्माण नगरी राज्यले जनतामाथि ठूलो अपराध गरेको सुवेदीको भनाइ थियो । सडकको दुरावस्थाप्रति राज्यको ध्यानाकर्षण गर्न हिलाम्य सडकमा सुवेदीकै नेतृत्वमा रोपाई समेत गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…