• काठमाडौँ । रुसमा जारी विश्वकप फुटलब प्रतियोगितामा आज प्री क्वार्टर फाइनलका खेल हुँदैछन्।

    प्री क्वार्टर फाइनलको पहिलो दिन आज २ खेलमा ४ टोली भिड्दैछन्। बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा लियोनल मेस्सीको अर्जेन्टीना र एंटोनिया ग्रिजम्यानको फ्रान्स आमने सामने हुँदैछन्। त्यस्तै पौने १२ बजे हुने अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल र लुइस सुआरेजको टिम उरुग्वे भिड्दैछन्।

    यी चार टिममध्ये फ्रान्सका ग्रीजम्यानले यो विश्वकपमा कुनै पनि गोल गरेका छैनन्। सन् २०१६ को यूरो कपमा उनले सबैभन्दा बढी ६ गोल गरेका थिए। ग्रीजम्यान नकआउट चरणको खेलमा आफ्नो लयमा फर्किउन भन्ने फ्रान्सको अपेक्षा छ।

    दुई पटक च्याम्पियन बनेको अर्जेन्टीनाले १० औँ पटक र फ्रान्सले ८ औँ पटक क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन्।

    त्यस्तै स्पेनको फुटबल लिग ला लिगामा खेल्ने दुई सबै भन्दा ठूला प्रतिस्पर्धी रोनाल्डो र सुआरेज अन्तर्राष्ट्रिय म्याचमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। ला लिगामा उरुग्वेका सुआरेज बार्सिलोना र पोर्चुगलका रोनाल्डो रियल मेड्रिडबाट खेल्दै आएका छन्। दुबैले यो विश्वकपमा शानदार प्रदर्शन गर्ने छन्।

    यो विश्वकपमा रोनाल्डोले ३ म्याचमा ४ गोल र सुआरेजले ३ म्याचमा २ गोल गरेका छन्। पोर्चुल र उरुग्वे अहिलेसम्म २ खेल खेलेका छन्। जसमध्ये एक खेल पोर्चुगलले जितेको छ भने एक खेल बराबरी खेलेका थिए। त्यसपछि सन् १९७२ पछि दुई टिम अहिलेसम्म आमने सामने भएका थिएनन्।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…