• काठमाडौं, १६ असार। रुसमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणको खेल शुरु हुँदैछ ।

    विश्वकपको समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् । यी १६ देशबीच अाजबाट प्री–क्वार्टरफाइनल खेल हुँदैछ ।

    अाज शनिबार ४ देश प्रतिष्पर्धामा उत्रिँदैछन् ।

    नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । अर्जेन्टिना समूह डीको उपविजेता हाे भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा आएकाे हाे । दुर्इ देशबीच कडा प्रतिष्पर्धा हुने ठानिएकाे छ ।

    अघिल्लाे विश्वकपकाे उपविजेता अर्जेन्टिना यसपटक उपाधी चुम्ने दाउमा रहेपनि उसकाे प्रदर्शन सुध्रिएकाे छैन । छनाैट चरण र समुह चरणमा फितलाे प्रदर्शन गरेकाे अर्जेन्टिना नक अाउट चरणमा भने, सुधारिएकाे प्रदर्शन गर्न चाहन्छ ।



    यता समुह चरणमा शुरूकाे २ खेल नै जितेर नकअाउट चरणमा अाएकाे फ्रान्सकाे प्रदर्शन उत्कृष्ठ रहेकाे छ । फ्रान्सले अर्जेन्टिनालार्इ कडा टक्कर दिने देखिन्छ । फ्रान्सका पाेग्बा अर्जेन्टिनाका लागि अाज घातक हुन सक्छन् भने, फ्रान्सका लागि अर्जेन्टिनाका क्याप्टेन लियाेनल मेस्सीले टक्कर दिने छन् ।

    उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै हुने कार्यतालिका छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ । उरूग्वे र पाेर्चुगल विचकाे खेलमा उरूग्वेका लुइस सुवारेज र पाेर्चुगलका क्रिश्चियानाे राेनाल्डाे विचकाे प्रतिष्पर्धा राेचक हुने देखिन्छ ।

    आइतबार

    स्पेन VS रसिया

    क्रोएसिया VS डेनर्माक

    सोमबार

    ब्राजिल VS मेक्सिको

    बेल्जियम VS जापान

    मंगलबार

    स्वीडेन VS स्वीट्जरल्याण्ड

    कोलम्बिया VS इग्ल्याण्ड

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…