विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाले बराबरी गोल फर्काएको छ। खेलको ४१ औं मिनेटमा डि मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। डी बक्स बाहिरबाट मारियाले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो।
यसअघि फ्रान्सले खेलको १३औं मिनेटमा पेनाल्टीमार्पत अग्रता लिएको हो।
रुसको कजान रंगशालमा खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका छन्। केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।