• देबु बानियाँ झापा । नेपाल जेसीजले थालनी गरेको युवा जनजागरण अभियान पूर्वको इटहरीबाट सुरु भएको छ ।
    इटहरी जेसीजको आतिथ्यतामा शनिवार भएको जनजागरण अभियानको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले गर्नु भएको थियो । अभियानको उद्घाटन गर्दै अध्यक्ष बस्यालले नेपाल जेसीजमा परिवर्तन ल्याउन यो अभियान सार्थक बन्ने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्यालले जेसीजकर्मी यो समाजको क्रियाशील नागरिक भएकाले समाज परिवर्तनका लागि जेसीजको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । साथै उहाँले नेपाल जेसीजले ६ महिनाको अवधीमा गरेका गतिविधि र आगामी रणनीतिका बारेमा समेत स्पष्ट पार्दै नेपाल जेसीजको परिवर्तनका लागि शाखा अध्यक्षहरुसँग सल्लाह सुझाव लिनु भएको थियो । जेसीजका सम्पूर्ण गतिविधिलाई प्रोजेक्टरद्धारा प्रास्तुत गर्नु भएका अध्यक्ष बस्यालले राख्नु भएका विषय वस्तु र रणनीतिहरुका विषयमा शाखा अध्यक्षहरुले सुझाव दिएका थिए । अध्यक्ष बस्यालले समाज परिवर्तन हुन का लागि पहिले आफैबाट परिवर्तन हुनु पर्ने सुझाव दिनु भएको थियो ।
    इटहरी जेसीजका अध्यक्ष सोमनाथ गौतमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, सुनसुरी, मोरङ शाखाका अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
    यसैगरी अभियानकै दोस्रो कार्यक्रम अन्तरगत सुरुङ्गा जेसीजका आतिथ्यतामा सम्पन्न भएको छ ।
    सुरुङ्गा जेसीजको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष बस्यालले सूर्याेदय उदाउने पूर्वको जिल्लाबाट सुरु गरेका अभियानले थप सार्थकता पाउने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी झापा सचेत र क्रियाशील जेसीजकर्मीहरुको जिल्ला रहेकोले राष्ट्रिय अध्यक्षको भिजन अनुसार ल्याइएको यो अभियानमा थप उर्जा र हौषला मिलेको बताउँदै यो अभियानको थालनी गरेकोमा नेपाल जेसीज र अध्यक्ष बस्याललाई आभार प्रकाट गर्नु भयो । उहाँले नेपाल जेसीजका हरेक गतिविधि दिन प्रतिदिन परिवर्त हुँदै गएको बताउँदै निवर्तमान अध्यक्ष अधिकारीले यसरी नै निरन्तरता भएर गए केही वर्ष भित्रमा आमुल परिवर्तन आउने बताउनु भयो । सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष जमिन तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष कुमारमणि पोखरेल, शिव कँडेल, पूर्व राष्ट्रिय कार्यकारी उपाध्यक्ष विनोद बस्नेत, राष्ट्रिय थिम डाइरेक्टर सुभाष रिजाल, शाखाका पूर्व अध्यक्ष, झापा शाखाका अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।
    शाखा अध्यक्ष भीम भट्टराईले मायाको चिनोसहित कार्यक्रम गर्ने अवसर दिएकोमा नेपाल जेसीजलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    युवा जनजागर अयिभानको क्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष सिनेटर विकास मान्धर, राष्ट्रिय उपाध्यक्ष श्यामसुन्दर पौडेल, राष्ट्रिय उपाध्यक्ष अमिश ढकाल, महासचिव श्रीराम पौडेल, नेपाल जेसीजका राष्ट्रिय ट्रेनर राजाबाबु शाहलगायतको सहभागिता रहेको छ । यो अभियान मेची देखि महाकालीसम्म पुग्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…