• काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु हुँदैछन् । बेलुकी पौने ८ बजे पूर्व विजेता स्पेन र आयोजक रुस भिड्दै छन् ।

    स्पेन सन् २०१० को विजेता हो भने रुस आयोजक भएकाले घरेलु मैदानमा सशक्त देखिएको छ ।

    रुसले समूह ए बाट उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको हो । रुसले समूह चरणमा साउदी अरेबियालाई ५–० ले तथा इजिप्टलाई ३–१ ले हरायो भने उरुग्वेसंग ३–० को हार चाखेको थियो ।

    स्पेन समूह बी को विजेता हो । समूह चरणमा स्पेनले पोर्चुगल र मोरोक्कोसंग बराबरी खेलेको थियो भने इरानलाई १–० ले हराएको थियो ।

    आइतबार रातिको दोस्रो राउन्ड अफ सिक्सटिनको खेलमा क्रोएसिया र डेनमार्क खेल्दैछन् । डेनमार्क समूह सी को उपविजेता हो । समूह चरणमा डेनमार्कले पेरुलाई १–० ले हराउँदा अष्ट्रेलियासंग १–१ को तथा फ्रान्ससंग गोलरहित बराबरी खेलेको थियो ।

    क्रोएसिया समूह डी को विजेता हो । समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले, नाइजेरियालाई २–० ले हराएको थियो भने आइसल्याण्डलाई २–१ ले हराएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…