काठमाडौं । रुस विश्वकप फुटबलमा जब अर्जेन्टिनाले फ्रान्ससंग पराजय बेहोर्यो तब खेलाडीहरु अस्थिर भएका छन् । हेभियर मास्चेरानोले रेफ्रीको अन्तिम सिठ्ठीसंगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
३४ वर्षीय मिडफिल्डर मास्चेरानो देशका लागि सबैभन्दा बढी खेल खेल्ने अर्जेन्टाइन हुन् । उनले १४५ खेल खेलेका छन् ।
मास्चेरानोले भनेका छन्, ‘यो नै बिदा लिने समय हो, यो नै बाहिरबाट सघाउने समय हो ।’
मास्चेरानोको सन्यासपछि अब लियोनल मेस्सी र एन्जल डी मारियाले पनि सन्यासको घोषणा गर्न सक्ने अड्कल काटिएको छ ।