• जुम्ला, १७ असार  ।  डा. गोविन्द केसीले प्रहरी घेराभित्रै आमरण अनशन थालेका छन्। पुरानै स्वरूपमा चिकित्सा शिक्षा अध्यादेश जारी गर्न माग गर्दै उनले १५औं अनशन सुरु गरेका हुन्।

    गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले केसीले अनशन थाल्ने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुख्य तीन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि डा. केसीका समर्थकले शुक्रबार दिनभर विरोध प्रर्दशन गर्दा जिल्ला सदरमुकाम तनावग्रस्त बनेको थियो।

    स्नोल्यान्ड होटलमा बसेका डा. केसी शनिबार बिहान प्रतिष्ठानतिर जाँदै गर्दा टुँडिखेलको माथिल्लो गेटमा प्रहरीले रोकेपछि उनी करिब दुई घण्टा बाटोमै बसेका थिए।

    लगत्तै नागरिक समाज जुम्लाको नेतृत्वमा डा. केसी र उनका समर्थक विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासनअघि पुगेका थिए। उक्त समयमा प्रहरीले भने निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै डा. केसीका समर्थकमाथि लाठी चार्ज गरेको र डा. केसीलाई पक्राउ गरेको हो।

    पक्राउपछि करिब दुई घण्टा जिल्ला प्रहरी कार्यालयको प्रतीक्षालयमा बिताएका उनले त्यहीँबाटै अनशन थालेका हुन्। डा. केसी पक्राउ परेपछि समर्थकले बाहिर चर्को नाजाबाजी गरेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।

    तर डा. केसीका समर्थक, सहयोगी तथा भाइ किशोर केसीले प्रहरीले पक्राउ गरेको समयमा डा. केसीले अनशन थालेको भन्दै आफूहरूले उनको जिम्मा नलिने दाबी गरेका छन्।

    प्रहरीको सुरक्षासहित निगरानीमा रहेका डा. केसीले अनशन थाले पनि उनलाई कहाँ बस्न दिने भन्ने विषयमा टुंगो लागेको छैन। अहिले केसीलाई कडा सुरक्षा दिएर प्रहरीले जिल्ला कभर्ड हलमा राखेको छ।

    जुम्लावासीको समर्थन

    डा. केसीको समर्थनमा यहाँका युवा तथा नागरिक समाजका सदस्य सडकमा निस्किएका छन्। भाइलाई सहयोगी बनाएर जुम्ला पुगेका डा. केसीलाई नागरिक समाजको नेतृत्वमा यहाँका युवाले पूर्ण साथ दिएका हुन्। डा. केसीले थालेको आन्दोलन सकारात्मक एवं कर्णालीवासीको हितमा रहेको दाबीसहित यहाँका युवा आन्दोलित भएका हुन्।

    खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…