काठमाडौं । रुसमा जारी फिफा विश्वकपको अन्तिम १६ मा अन्तर्गत सोमबार ब्राजिल र मेक्सिको भिड्दैछन् । तर, यसअघि मेक्सिकोका क्याप्टेन आन्द्रेस गार्डडोले नेयमारलाई ध्यानपूर्वक हेर्न रेफ्रीलाई चेतावनी दिएका छन् ।
सोमबार हुने खेल अघिको पत्रकार सम्मेलनमा उनले नेयमार आफैं लड्ने गरेको भन्दै ध्यानपूर्वक निगरानी राख्न आग्रह गरेका हुन् ।
‘नेयमार को हुन् ? सबैलाई थाहा छ । उनलाई निगरानी गर्न आवश्यक छ, मेरो टिमको न्यायका लगि पनि यो हुन जरुरी छ,’ उनले भनेका छन्, ‘नेयमार अतिरञ्जित फउल गर्न मन पराउँछन् । आफै लड्न पुग्छन् । त्यसलाई रोक्न आवश्यक छ ।’
उनले पाँच पटकको विश्वविजेतासँग खेल्न लागेको भन्दै यो खेल आफ्नो जीवनको सबैभन्दा ठूलो भएको बताएका थिए ।