काठमाडौं । रुसमा जारी फिफा विश्वकपबाट क्रिस्टियानो रोनाल्डो सहभागी राष्ट्र पोर्चुगल नकआउट चरणबाट बाहिरिएको छ । शनिबार राति उरुग्वेसँग २–१ गोलले पराजित हुँदै पोर्चुगल घर फर्किएको हो ।
उक्त हारसँगै रोनाल्डोले खेलबाट सन्यास लिने विषयले विश्वभर चर्चा पायो । तर, पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो भने अहिले नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने उचित समय नभएको बताएका छन् ।
३३ बर्षिय रोनाल्डोले पोर्चुगल महत्वकांक्षी खेलाडीहरुको टिम भएको भन्दै एक दिन विश्वकपको उपाधि जित्ने बताए । उनले आफ्नो टिमले उरुग्वे विरुद्ध राम्रो खेलेपनि उरुग्वेले जितेको भन्दै शुभकामना समेत दिए ।
‘मलाई पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्न पाउँदा गर्व महसुस हुन्छ । मलाई प्रशिक्षक, टिमका साथी लगायत सवैसँग गर्व महसुस हुन्छ ।’ रोनाल्डोले रसिया विश्वकपमा चार खेल खेल्दै चार गोल गरेका छन् ।