• झापा । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले नेपाल जेसीजको अवधारण अनुसार मेचीनगर महिला जेसीजले सञ्चालन गरेको जेसीज गाउँको आइतवार भएको अवलोकन गर्नु भएको छ ।
    मेचीनगर ९ धुलावारी माविको पूर्व पट्टि रहेको गाउँमा सञ्चालन भएको जेसीज गाउँको राष्ट्रिय अध्यक्षसहित नेपाल जेसीजको टोलीले अवलोकन गरेको हो ।
    दुई वर्षदेखि सञ्चालन भएको जेसीज गाउँको अवधारणा नेपालका ४ वटै क्षेत्रमा सञ्चालन भएका छन् ।
    सोही अनुरुप मेचीनगर महिला जेसीजले पनि विगत २ वर्षदेखि ५० घर परिवारलाई समेटेर यो अभियान सञ्चालन गरेको छ । नमुना गाउँ बनाउने उदेश्यका साथ लागि परेको यस अभियानमा मेचीनगरले हालसम्म खानेपानी र विजुली बत्ति नभएको घरमा व्यवस्थापन गरेको छ । यसैगरी अबका दिनमा थप योजनाहरुका साथ अघि बढ्ने तयारी गरेको छ ।
    जसमा सीपमूलक तालिमलाई प्राथमिकतामा राखेर मुढा बन्ने तालिम दिने तयारी गरेको जेसीजकी वर्तमान अध्यक्ष सुनिता पनेरुले बताउनु भयो ।
    जेसीज गाउँ अवलोकनपछि राष्ट्रिय अध्यक्ष बस्यालले जेसीज गाउँलाई दीर्घकालिन प्रभावका योजनाहरु बनाउनुहोस हामी सहयोगको लागि तयार छौँ ।’ अध्यक्ष बस्यालले भन्नु भयो । साथै उहाँले तत्काल नेपाल जेसीजले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।
    नेपाल जेसीजका बोर्डका प्रमुख सल्लाहकार तीर्थराज पौडेलले जेसीज गाउँलाई नमुना बनाउन प्रारम्भदेखि नै गरेका कामहरुलाई भिज्वल रुपमा राख्न मेचीनगर जेसीजलाई सुझाव दिनु भयो । साथै उहाँले क्षेत्रगत रुपमा कमिटि गठन गरी कार्य सञ्चालन गर्दा जेसीज गाउँलाई नमुनाका रुपमा विकास गर्न सकिने र जेसीजका सदस्यहरुको समेत सक्रिय सहभागिता रहेन कुरा बताउनु भयो ।
    अवलोकन टोलीमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष विकास मानन्धर, राष्ट्रिय महासचिव श्रीराम पौडेल, राष्ट्रिय ट्रेनर राजवाबु शाहलगायतको सहभागिता रहेको थियो । मेचीनगर लेडी जेसीजका तर्फबाट संस्थापक अध्यक्ष कविता शर्मा, पूर्व अध्यक्ष टिका सुवेदी, उषा श्रेष्ठ तथा बोर्डका सदस्यहरुको उल्लेखिय सहभागिता रहेको थियो । उनीहरुले यो अभियानमा मेचीनगर लेडी जेसीजले हाल सम्म गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । साथै स्थानीयहरुले पनि विकास निर्माणका कामहरुमा सहयोग गर्न राष्ट्रिय अध्यक्षलाई आग्रह गरेका थिए । साथै टोलीले मेचीनगर महिला जेसीजले नर्माण गरिरहेको जेष्ठ नागरिक संरक्षण घरको समेत अवलोकन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…