• काठमाडौं, १७ असार । बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरावस्थाको विरुद्ध राजनीतिक दलका नेता सहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरु सडकमा ओर्लिएका छन् ।

    नागरिक दबाब अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौ अघि देखि सडक सजर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक मात्र भएको बताए ।

    जोरपाटी चोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै नागरिक दबाब अभियानका संयोजक तथा समाजसेवी दीपकसिंह भण्डारीले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडक खण्ड राजमार्ग नभई काल मार्गमा परिणत भएको बताउनुभयो ।

    सडक बनाउन अहिले सम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको भण्डारीले प्रष्ट पार्नुभयो । अभियानबाट कोही आत्तिनु नपर्ने भन्दै भण्डारीले कही कतैबाट सुनुवाई नभएपछि नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको प्रष्ट पार्नुभयो ।

    अभियानका सहसंयोजक तथा सामाजिक अभियन्ता कुमारराज सुवेदीले एक्काइसौं शताब्दीमा पनि महानगरबासी नरकीय जीवन बिताउन बाध्य हुनु ठूलो बिडम्बना भएको बताउनुभयो । आम नागरिकको सहनशीलतालाई कमजोरीको रुपमा नलिन सुवेदीले सरोकारवाला सबैलाई चेतावनी दिनुभयो ।

    सडक निर्माण नभएसम्म अब अभियानले दबाबमूलक कार्यक्रम संचालन गरिरहने सुवेदीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य विमल ठुकरीले सडककोे अवस्था सुर्धानका लागि निर्वाचित जनप्रतिनिधहिरुले ठोस काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

    सडक सुधारका लागि आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता ठकुरीले जनाउनुभयो । वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको बताउनुभयो ।

    मानवअधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष समेत रहनु भएका अधिवक्ता होमकान्त चौलागाईले सडकको दुर्गतीका कारण आम मानिसको मौलिक अधिकार नै हनन भइरहेको उदाहरण प्रस्तुत गर्नुभयो ।

    चिकित्सक डाक्टर सुवास प्याकुरेलले असारे भाका मार्फत् व्यङग्य गर्दै राजधानीको केन्द्रका जनता वर्षौ देखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताउनुभयो ।

    एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बौद्ध–जोरपाटीमा जस्तो सडकको विकराल अवस्था अन्यत्र कमै मात्र हुने भन्दै राष्ट्रिय अर्थतन्त्रमा समेत यसले ठूलो हानी गरेको बताउनुभयो ।

    सामाजिक अभियन्ता देवेन्द्रमानसिंह बस्नेतले सडकको दुरावस्थाले स्थानीय सभ्यतालाई नै नराम्रोसँग गिज्याएको बताउनुभयो । छाहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठले सडक सुधारका लागि राज्य उदासिन रहेको भन्दै जनताको समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।

    सामाजिक अभियन्ता उद्धव रायमाझीले मूल सडकको स्तर उन्नति नभए सम्म अन्यत्र गरिने विकास अर्थहीन हुने बताउनुभयो ।

    पत्रकार निर्मल अर्यालले नरकतुल्य सडकका कारण गर्भमा रहेका शिशु देखि अस्पताल लैजानु पर्ने वृद्ध–वृद्धा सबै पीडित हुँदा समेत ठोस रुपमा समस्या समाधान गर्न कोही अग्रसर नहुनले लोक कल्याणकारी राज्यकै उपहास भएको बताउनुभयो ।

    खुद्र व्यापार संघका अध्यक्ष रमेश ढकालले जीर्ण सडकका कारण आफूहरुको रोजीरोटी खोसिने खतरा बढेको बताउनुभयो ।

    यसैबीच सडक सुर्धान थालिएको नागरिक दबाब अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नवदुर्गा महिला समुह लगायतका संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…