• काठमाडौँ, १७ असार । वाइ वाई चालचालउमा त तौल थोरै राखेर ठगेकै थिए । त्यसमा त नेपालीले सहेकै थिए । नबिल बैंंकमा नेपाली जनताको पैसामा पनि लुटपाट गरेकै थिए त्यो पनि नेपालीले सहेकै छन् । नेपाल राष्ट्र बैंकको नियम पनि नमान्दा भएको छ । नेपालमा कानुन भन्दा माथिका कोही व्यक्ति छन् भने ती हुन् विनोद चौधरी । यो आरोपका लागि लगाइएको आरोप होइन तत्काल खान मिल्ने फास्ट फुडको रुपमा परिचित चौधरी समूहको उत्पादन रहेको वाइ वाई चाउचाऊको हरेक प्याकेटमा पाँच ग्राम कमी रहेको छ । जुनसुकै पसलमा गएर जोख्दा पनि त्यो थाहा हुन्छ । तर राज्यका निकायले चौधरी समूह र त्यसका साहु जी विनोद चौधरीलाई कारवाही गर्न सकेको छैन ।

    विगतमा तत्कालीन नेकपा(एकाले)को कोटाबाट संविधानसभाको सदस्य भए चौधरी । समयक्रममा पार्टी फेरे र पछिल्लो पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई मोटै रकम बुझाए र काँग्रेसका तर्फबाट सांसद बने । लामो समयसम्म राजनीति गरेका काँग्रेसका त्यागी र इमान्दार नेताहरु सिंहदरबार टेक्नै नपाई बुढो भए । लिटिल एन्जल स्कूल चलाउने उमेश श्रेष्ठ पनि जनजातीको कोटामा सांसद बने । यो समाचारमा उमेश र विनोद कसरी सांसद बने भन्दा पनि चौधरीले नेपाललाई कसरी ठगी गरिरहेका छन् र कानुन भन्दा माथि कसरी हुने जर्मको गरिरहेका छन् भन्ने बारेमा उल्लेख गर्न खोजिएको हो ।

    आफूलाई अर्बपति दावी गर्ने चौधरीको स्वामित्व रहेको हिमाल हाइड्रोले नेपाली जनताको लगानी रहेको साञ्जेन जलविद्युत् आयोजना अलपत्र पारेका छन् ।
    चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेको साञ्जेन जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको प्रमुख ठेकेदारका रुपमा हिमाल हाइड्रो रहेको छ । सो ठेकेदार कम्पनीले समयमा काम नगर्ने, आयोजनाबाट पैसा लिने र बेपत्ता हुने गरेको पाइएको छ । रसुवामा निर्माणाधिन साञ्जेन जलविद्युत् आयोजनाको प्रमुख काम अलपत्र पार्नमा चौधरीको हिमाल हाइड्रोको प्रमुख हर्कत रहेको जानकारहरुको भनाइ छ ।
    अर्बपति चौधरीको हिमाल हाइड्रो लिमिटेड ठेकेदार कम्पनीका कारणा ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन आयोजनाको निर्माण कार्य नराम्ररी प्रभावित भएको छ । आयोजना विगत ६ महिनादेखि समस्यामा परेको सम्बन्धित आयोजनाले जानकारी दिएको छ । आयोजनाको प्रमुख काम नै अलपत्र पारेर ठेकेदार कम्पनीले आयोजनासँग निहुँ खोज्ने काम गरिरहेको छ ।
    भूमिगत संरचना निर्माण गर्न सहायक ठेक्का पाएको हिमाल हाइड्रोको असक्षमताका कारण आयोजना प्रभावित भएको हो । काँग्रेस समानुपातिकका सांसदसमेत रहेका चौधरीले पछिल्लो समय हिमाल हाइड्रो किनेर जलविद्युत आयोजना निर्माणमा ठेक्कापट्टा गर्दै आएका छन् । भारतीय तथा नेपाली कम्पनी एसइडब्लु टुन्डी जेभीले मुख्य सुरुङ र भर्टिकल साफ्ट सुरुङ निर्माण गर्न हिमाल हाइड्रोलाई सहायक ठेक्का दिएको थियो । भारतीय कम्पनी पनि उनै चौधरीले नै नेपाल भित्र्याएका थिए ।
    ठेकेदारको लापरबाहीले आयोजनाको कामले गति लिन नसक्दा विद्युत उत्पादन गर्ने समय पर सर्ने अवस्था आएको बताइएको छ । सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि हिमाल हाइड्रोका कारण आयोजना समस्यामा परेको बताएका छन् । उनले आफू अर्बपति रहेको, देश विदेशले चिनेको, सांसद समेत रहेको भन्दै चौधरीले आयोजनाका प्रमुख एवम्् कर्मचारीलाई समेत थर्काउने गरेको सम्बन्धित आयोजनाले जानकारी दिएको छ ।

    ‘भूमिगत संरचनाको सबै काम हिमाल हाइड्रोको जिम्मामा रहेको छ । विगत ६ महिनादेखि निर्माण कार्यमा लत्तो छाडेको हिमाल हाइड्रोले पछिल्लो तीन महिनादेखि भने काम नै नगर्ने र उल्टै निहुँ मात्रै खोज्ने गरेको छ ।
    आयोजना प्रमुखका अनुसार पछिल्लो ३ महिनाको प्रगति हेर्दा निर्धारित समयमा आयोजना पूरा नहुने अवस्था आएको छ । कामको गतिलाई तीव्रता दिन पटक पटक ताकेता गरे पनि हिमाल हाइड्रोले अटेरी गरिरहेको कम्पनीले जनाएको छ । हिमाल हाइड्रोले जिम्मा लिएको आयोजनाको मुख्य सुरुङ र छड्के भर्टिकलसुरुङ लगायतको कामको गति एकदमै सुस्त रहेको छ । कूल २५० मिटर लामो छड्के भर्टिकलसुरुङ पूरा गर्न २ वर्ष लगाएको हिमाल हाइड्रोले सोही खालको अर्को सुरुङ निर्माणमा समेत दुई वर्ष भन्दा बढी लगाउने अवस्था देखिएको छ । आयोजनामा काम नै नगर्ने, दुई चार जना मजदूर तथा कर्मचारी परिचालन गर्ने गरिएको छ । हिमाल हाइड्रोले काममा कुनै पनि प्रकारको चासो देखाएको छैन । उसको मक्सद भनेकै जसरी भएपनि आयोजनामा ढिलाई गर्ने देखिएको छ ।

    आफूलाई अर्बपति दावी गर्ने चौधरीको पूर्ण स्वामित्वको यो कम्पनी आर्थिकरूपले टाट पल्टिएको हल्ला गरिएको छ । आफूलाई अर्बपति दावी गर्ने चौधरी राष्ट्रिय अन्तर्राष्ट्रिय फोरममा पुगेर नेपालमा कम्युनिस्ट सरकार बनेको, उद्योगी व्यवसायीको सम्पत्ति राष्ट्रियकरण गर्न लागिएको भन्ने जस्ता नचाहिदा हल्ला र बकवास गर्दे हिडेका छन् । कम्पनी टाट पल्टिएको दावी गर्ने चौधरीले विगतमा राज्यलाई समेत कर छली गरेका छन् । चौधरी समूहको कारखाना रहेको संतुगलको सिजी कार्यालयमा आगो लगाएर आफ्नै बीमा कम्पनी युनाइटेड इस्योरेन्सबाट रु ६४ करोड भुक्तानी समेत लिएका थिए । सो भुक्तानी सम्बन्धी मुद्दा बिमा समितिमा हाल विचाराधिन अवस्थामा रहेको छ ।
    उनै चौधरीको निर्माण कम्पनी हिमाल हाइड्रोका दावी गरिए जस्तो कम्पनी टाट पल्टिएको भए चौधरीको रवाफ समेत घट्न्ुपर्ने थियो, तर उनको रवाफ त बढ्दै गएको छ । सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने तयारी गरेको छ । सरकारले साच्चिकै कारवाही गर्ने आँट गर्ने हो भने विनोद चौधरी समेत कारवाहीको दायरामा आउने निश्चितप्राय भएको छ । साञ्जेन जलविद्युत् आयोजनाको काम रोक्ने चौधरीलाई तत्काल कानुनी कारवाही गर्न सरकारले आँट गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

    कम्पनी टाट पल्टिएको काइते तर्क अगाडि सारेर हिमाल हाइड्रोले काम रोकेको र निहुँ खोज्ने मात्रै काम गरेको पाइएको छ । आयोजनाले मुख्य ठेकेदारसँग सम्झौता गरेकाले काम गरेको रकम सोझै हिमाल हाइड्रोलाई भुक्तानी दिन नमिल्ने कम्पनीले जनाएको छ । हिमाल हाइड्रोले पनि आफैंले रकम निकासा गरेर काम गराउन सकेको छैन । यही कारण विद्युत उत्पादनको समय धकेलिने देखिएको छ ।
    हिमाल हाइड्रो सिभिल संरचना निर्माण गर्न नर्वेजियन कम्पनी स्टेटक्राफ्टले स्थापना गरेको कम्पनी हो । यही कम्पनीले नर्वेको लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीको सुरुङ खनेको थियो । नर्वेजियनले छोडेपछि नेपालमा यो कम्पनीले दर्जनौं आयोजनामा निर्माण गरेको छ । तर, चौधरीको स्वामित्वमा आएपछि कम्पनी धराशयी हुँदै गएको हो । आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । तर, यही क्रियाकलाप दोहोरिइरहने हो भने आयोजनाबाट विद्युत उत्पादन हुने समय धेरै पर धकेलिने अवस्था आएको आयोजनाको भनाइ छ । सो आयोजना समयमा सम्पन्न नहुने हो भने त्यसबाट कम्पनी तथा नेपाल विद्युत प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी हुने देखिएको छ ।

    आयोजनामा भइरहेको ढिलाईका बारेमा जनआह्वानले उद्योगपति विनोद चौधरीलाई फोन लगायो । एकाध पटक त उनले फोन उठाएनन् । बुधबार दिनभर फोन नउठाएका चौधरीले साँझ फोन फिर्ता गरे र भने दिउँसो फोन गर्नुभएको रहेछ । हिमाल हाइड्रको बारेमा प्रतिक्रिया लिन फोन गरेको भन्ने प्रश्न गरेपछि उनले प्रतिक्रिया दिदै भने मेरा दर्जनौ कम्पनी छन्, कुनैमा समस्या भए होलान् । मलाई केवल मतलब छ मेरो प्रतिष्ठा । साञ्जेन जलविद्युत् आयोजनाको काम किन रोकिएको हो त माननीय ज्यू उनको उत्तर थियो – म अहिले पारिवारिक बैठकमा छु । भोजमा बसेको बेला उत्तर दिने मेरो बानी छैन । आयोजनालाई नै सोध्नुहोला किन रोकिएको हो ? काम भनेर ।

    चौधरीको कम्पनीका कारण आयोजनाको काम रोकिएपछि आयोजना प्रमुख किरणकुमार श्रेष्ठले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत जानकारी गराएका छन् । घिसिङले चौधरी समूहलाई पत्राचार गर्ने तयारी गरेका छन् । नेपाली जनताको लगानी रहेको आयोजनाको काम रोकेर चौधरी समूहले गरेको ज्यादती क्षम्य नहुने प्राधिकरणको भनाइ छ । चालउचाउ बेचेर नेपाली जनतामाथि ठगी गर्दै आएका चौधरीले हिमाल हाइड्रोको नाममा समेत ठगी गर्न थालेपछि छुट दिन नसकिने भन्दै उनलाई कारवाहीको चर्को दबाव परेको छ । प्राधिकरणले केही समय भित्रै चौधरीको हिमाल हाइड्रोलाई कारवाही गर्न सक्ने संकेत गरेको छ । जनआह्वान साप्ताहिकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…