• काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ।

    काँग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौति गरेर ल्याउने तयारी गरेको सो विधेयक पारित हुन नदिने चेतावनी दिएका हुन्।

    आईतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यादेशलाई कटौति गरेर ल्याइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिन आजको प्रतिनिधिसभा बैठक स्थगित गराइएको पनि स्पष्ट पारे। राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा उल्लेख गरिएको काठमाडौं उपत्यका भित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका प्रावधान कटौति गरेर ल्याउन खोजिएको विधेयकलाई सरकारले आजै संसदमा पेश गर्ने कार्यसूचि तय गरिएको थियो।

    काँग्रेस सांसद थापाले यो विधेयकले देशको दूरदराजसम्म चिकित्सक पु-याउने लक्ष्यलाई पूरा गर्न नसक्ने भएकाले यसलाई पारित गर्न दिन नसकिने अडान पनि राखे। उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई पनि केही मान्छेहरुलाई पोस्ने गरी ल्याएको विधेयक पारित गराउने खेलमा नलाग्न पनि अपिल गरे।

    काँग्रेस सांसद मानबहादुर विश्वकर्माले पनि अध्यादेशमा राखिएको प्रावधान कटौति गरेर ल्याएको विधेयक पारित हुन नदिने चेतावनी दिए।
    सरकारले राष्ट्रिय चिकित्सा अध््रयादेश प्रतिस्थापनका लागि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा ल्याउने तयारी गरेको हो। तर त्यसका प्रावधान काटिएको भन्दै पारित गर्न नदिने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको अडान छ।

    काँग्रेस सांसद थापाले दलाल र पूँजीपतिहरुको सेवा गर्नेगरी राखिएको विधेयकको प्रावधान नहटाएसम्म त्यसलाई पारित हुन नदिने चेतावनी दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…