काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेकी गंगामाया अधिकारीलाई भेटेका छन् ।
मानवअधिकारवादीको टोलीसहित आइतबार वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेटेका हुन् ।
आज कांग्रेसका नेतासहित मानव अधिकारवादीको टोलीले गंगामायालाई भेटेको हो ।
गंगामायालाई भेट्न मानवअधिकारवादी कनकमणि दीक्षित, चरण प्रसाईं, डा। केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए ।