• ताप्लेजुङ, असार १७ । हिन्दु धर्ममा मात्रै बोक्सी लागेर धामी झाँक्रीले झारफुकका नाममा विभिन्न यातना दिएको सुनिन्छ । तर, ताप्लेजुङमा  शरीरमा सैतान लागेको भन्दै एक युवालाई मरणाशन्न हुने गरी कुटपिट गरेका छन् ।

    ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका आम्बेगुदिनका २७ वर्षीय प्रविण राईलाई क्रिश्चियनका पास्टरहरु मिलेर चर्चमै लगेर यातना दिएको रहस्य खुलेको छ ।

    क्रिश्चियनका पाष्टरहरु नरबहादुर तामाङ, डेबिट लिम्बू, देब राई र सृष्टि लिम्बुले काम गरिरहेको अवस्थामा राईलाइ बोलाएर चर्चमा लगी जिउमा सैतान छ भन्दै निर्घात तरिकाले कुटपिट गरेका हुन् ।

    घटना शनिबारको हो । शनिवार चर्चमै यातना दिएपछि राई सख्त घाइते बनेका थिए । घाइते राईलाई परिवारलाई थाहै नदिई उपचारका लागि १० गते मोरङको पथरीमा लगिएको थियो ।

    राईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । क्रिश्चिय पाष्टरहरुद्धारा कुटिएका राईकी आमाले आम्बेगुदिन प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

    सो घटनामा संलग्न रहेका डेबिट लिम्बू र देब राई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…