• उर्लाबारी असार १७ । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले मादक पदार्थ सेवन ‘मासपे’ गरेर आफुहरुलाई कुटपिट गरेको उर्लाबारीका युवा उर्लाबारी सबिन दिङ धिमालले बताएका छन् । राति उर्लाबारी—७ चिउरामिल चौकको दोकानमा कोक चाउचाउ र घरमा खान बियर किनेर फर्किने क्रममा आफुहरुलाई मातेर प्रहरी प्रमुख तिम्सिनाले आफु र आफ्ना ६ जना साथीभाईलाई अन्धाधुन्ध कुटपिट गरेको धिमालले बताएका छन् ।

    उनले आफ्नो फेसबुक स्टाटस लेख्दै प्रहरी निरीक्षक तिम्सिनालाई सोधेका छन्—के हामी उर्लाबारी मा खुले आम राती १० बजे हिंड्न् नपाउनु ? के उर्लाबारीको प्रहरीकै निरीक्षक मदिरापान गरि आम मानिस लाई कुटपिट गर्नु पाईन्छ ? प्रहरी सङ सहयोग माग्नु पर्ने स्थान मा पुलिस कै दादागिरी ? के यो पुलिस को कानुन मा लेखिएको छ ? उनले बर्दीको आडमा प्रहरी निरीक्षकले दादागिरी मच्चाएको भन्दै न्यायको लागि सबैमा अपिल गरेका छन् । यता यस बिषयमा प्रहरी निरीक्षक तिम्सिनालाई बुझ्दा उनले रातको समयमा हो—हल्ला गर्दै बसेका फटाहा केटाहरुलाई प्रक्राउ गरेर सामान्य कारवाहि गरी सचेत गराएको बताए । राति ९ बजे उता होटल खोल्ने ब्यापारी र मादक पदार्थ सेबन गरेका उनीहरुलाई सचेत गराएको हँु,उनले भने । उनीहरुको साथबाट २ बियर पनि खोसेको उनले बताए । आफु उर्लाबारीको शान्ति सुरक्षा कामयमा क्रियाशिल रहेको बताउदैं प्रहरी निरीक्षक तिम्सिनाले भने —फटाई गर्ने रात पुरै छिप्पिसकेपछि होहल्ला गर्ने कसैलाई छुट छैन । शान्ति सुरक्षा दिनुपर्ने रक्षक तपाई आफैं मादक पदार्थ सेवन गरि भक्षक भई कुटपिट गरेको आरोप नि यस बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने‘ यो म माथि लगाईको निराधर आरोप हो । यसमा सत्यता छैन् । उनले शंखा लागे मेडिकल टेस्ट गर्न चुनौति दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…