• काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा आज (सोमबार) प्रि–क्वाटरफाइनलको दुई खेल हुँदैछ ।

    रुस विश्वकप अन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् ।

    आज हुने पहिलो खेलमा ब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।

    समारा स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ई को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह एफ को उपविजेता बन्दै प्रि– क्वाटरफाइनलमा पुगेको हो ।

    विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र जापानबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।

    रोस्तोभ एरिनामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । बेल्जियम समूह जी को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो भने जापानले समूह एच को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

    जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस र क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्कले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…