• दिनेश खड्का
    विराटनगर, असार १८
    शीर्षक पढेर ग्राहकहरु नआत्तिहाल्नुहोला,बैंक भागेको हैन सरेको रैछ । हाल सिटिजन्स बैकको विराटनगर साखा शनिमन्दिर छेउवाट सरेर हस्पीटल चौक तिर पुगेको छ । तर बैंक सरेको एक साता बढी भईसक्दा पनि यस बैकका ग्राहकहरुलाई कहा सरेको भन्ने विषयमा अत्तोपत्तो छैन् । आजभोली बैकका हरेक कष्टमर शनि मन्दिरसम्म आएर फर्किने गरेका छन् । बैंकको लापरवाही यतिसम्म छ की बन्द गरिएको स्थानमा बैक कहा सारिएको छ त्यो समेत सुचना टास गरिएको छैन । सोही बैंकका ग्राहक विराटनगर निवास जय कामत बैंक बन्द भएको देखेर आईतवार दुई पटक फर्किए । कामतले रातोकलमलाई भने ''एक पटक १० बजे आए, बैंक खुलेकै रहेनछ जस्तो लाग्यो, फेरी २ बजे आए बैकको सटर लगैकै छ मनमनै बैंक भाग्यो कि क्यो हो ? भन्ने मनमा शंका लाग्यो । पछि सोधपुछ गर्दा थाह भयो । बैंक सरेको रैछ भनेर ।''
    यो सरासर बैकको लापरवाहि हो , यसको पुर्ण जिम्मेवारी बैंकको म्यानेजर सुमन निरौलाले लिनुपर्छ । यस्तो लापरवाहीले ग्राहकलाई असुविधामा मात्र भईरहेको छैन् बैंककै क्रेडिविलिटिलाई समेत घटाईरहेको छ । बैंकभित्र यत्रो तामझाम गर्ने सक्ने सिटिजन्स विराटनगरले आफ्नो १/२ हजार कस्टमरलाई फोन गरेर वा म्यासेज गरेर बैंक कहा सरिएका छ भन्ने सुचना दिन कुनै ठुलो कुरा थिएन, तर गर्दैनन् ।

    व्यावस्थापन कमजोर, कर्मचारी आल्सी ।
    पंक्तीकारको यस बैकंमा खाता छ , खता नं ११२९ सि.एम् । पक्तिकार आईतवार केहि रकम डिपोजिट गराउन बैंक पुगेको थियो । पाच जानापछि पालो आउने टोकन मैले पाएको थिए ।तर जाबो म अघिका ४ जना कस्टमरलाई डिल गर्न बैकले करिब आधा घण्टानै लगायो । किनभने बैकले एउटा मात्र काउण्टर खोलेको थियो । बैंकमा कस्टमरको चाप भईरहदापनि काउण्टर एउटामात्र खोलिनु व्यास्थापनको कमजोरी हो । त्यससमय केहि कर्मचारीहरु भने यता देखि उत्ता गरिरहेको थिए भने केहि बात मार्न व्यस्त थिए । ग्राहक भने पालो कुरेर बसिरहेको थिए ।
    रिसेप्शनमा बसेका कर्मचारीहरु समेत हरदम फोनमा वा गफमा ब्यस्थ हुने गरेका छन् । कस्टमरसंग डाईरेक्ट डिल गर्ने राखिएका ति कर्मचारीहरु प्राय फोन मै झुण्डिरहेका हुन्छन् र कस्टमरहरु गफ कहिले सकिएला भनेर पर्खिरहेका हुन्छन् । डाईरेक्ट कस्टमरसंग डिल गर्न राखिएको रिसेप्सनमा अफिसियल फोन राखीनु समेत पनि व्यास्थापनकै कमजोडी हो ।

    एटिएम पनि बारम्वार बिग्रीन्छ ।
    सिटिजन्स बैंकमा तपाईको खाता छ र तपाईले एटिएमवाट पैशा निकालनु भएको छ भने तपाई भाग्यशाली मान्छे हो । यस्तो नसिब जो कसैको हुदैन् । किनेभने सिटिजन्स बैक विराटनगरको एटिएम प्राय बिग्रएकै हुन्छ । या मर्मत भईरहेको अवस्थामा हुन्छ । कहिलेकही त पैशै हुदैन, लाजैमर्दो । बिकल्पमा प्राय पंक्तिकारले सानसाईज बैंकको एटिएम मेसिन चलाउने गरेको छ । त्यो पनिप्रिति ट्रान्जेक्टसन पच्चिस रुपैया बढी तिरेर ।
    कोही ग्राहकले आजसम्म यस्तो समस्या भोग्नु परेको छैन् भने तपाई साच्चै भाग्यशाली मान्छे हो । तपाई कत्ताकोत्ताको ट्रनस्टेशनमा गएर एउटा लोट्रिको टिकट किन्नुस् पंक्तिकारको सुझाव हो । किनेभने समस्या विना सिटिजन बैंक विराटनगरको सेवा उपोभोग गर्ने व्यक्ति चानचुने भाग्यशाली व्यक्ति हुदैन, कोलकोत्ताको लट्री पर्नु त यसको अघि सानै कुरा हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…