• झापाको दमकका ११ बर्षे अशोक दर्जी भाइरल बने । गायकीशैलीका कारण भाइरल बनेका अशोक दुबई र मलेसियाको सांगितिक कार्यक्रममा पुगे । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा अशोकको लोकप्रियता बढ्दो छ । विपन्न परिवारका उनको भविष्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ । उनी भाइरल बनेपछि यतिबेला उनको घर निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ ।

    उनी उर्लाबारी–७ को बेथेल एजुकेशन एकाडेमीको होस्टेलमा बसेर अध्ययन पनि गरिरहेका छन् । अशोकले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा सर्वाधिक मन पराइयो । भर्खरै दुबईको सांगितिक कार्यक्रमबाट फर्किएका भाइरल ब्वाई अशोक दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी, तिमीजस्तो सुपर ब्यूट्री कोही छैन सन्सारमा तिमी जस्तो राम्री’ लिएर आउने तयारीमा रहेका छन् । जुन गीत गायक तथा संगीतकार टंक बुढाथोकीले तयार पारिरहेका छन् । सोही बिषयमा केन्द्रीत रहेर अशोकसँग गरिएको कुराकानीः

    अचेल के मा ब्यस्त हुनु हुन्छ ?
    –भर्खरै दुबईको सांगितिक कार्यक्रम सकेर आएको छु । अहिले पढाईमै ब्यस्त छु ।

    दुबईको कार्यक्रम कस्तो भयो ?
    –अत्यन्तै रमाइलो भयो ।

    कति पैसा कमाउनु भयो ?
    –अलिअलि पैसा उठ्यो । तर, टंक दाई, दिपक सरहरुले अशोकको पैसामा मोज गर्यो भनेको सुन्दा अत्यन्तै दुःख लाग्यो । सोचेभन्दा थोरै पैसा उठ्यो ।

    पहिले सडकमा गाउँदै हिँड्दा रमाइलो की अहिले ?
    –अहिले रमाइलो ।

    अबको सांगितिक कार्यक्रम कहाँ कहाँ छ ?
    –विभिन्न देशहरुमा सांगितिक कार्यक्रमको अफर आइरहेको छ । कतार, अमेरिका, दुबई, हङकङलगायतमा सांगितिक कार्यक्रमको कुरा भइरहेको छ ।

    ‘मन बिनाको धन’ पछि कुन गीत लिएर आउँदै हुनुहुन्छ ?
    – ‘मन बिनाको धन’ मा टंक बुढाथोकी दाईले धेरै मेहेनत गर्नु भएको छ । र, अब दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी, तिमीजस्तो सुपर ब्यूट्री कोही छैन सन्सारमा तिमी जस्तो राम्री’ ल्याउने कुरा टंक दादाले गरिरहनु भएको छ । त्यसको तयारी भइरहेको छ ।

    अब सांगितिक कार्यक्रमलाई प्राथमिकता दिने की पढाई ?
    –दुबैलाई प्राथमिकता दिने । संगीत र पढाई दुबै जरुरी छ ।

    तपाईलाई कुन गायक मन पर्छ ?

    –टंक बुढाथोकी ।

    https://www.youtube.com/watch?v=O8-kwqKczgs&t=126s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…