गोपाल काफ्ले
पथरी असार १८ गते ।
पथरीको वाल्मीकि बोर्डिङ स्कुलका शिक्षकले छात्रलाई मरणासन्न हुनेगरी कुटेपछि
मोरङ । मोरङको पथरी शनिश्चरे—२ बुद्ध चौक नजिकै रहेको वाल्मीकि मेमोरियल स्कुलका शिक्षकले छात्रलाई मरणासन्न हुनेगरी कुटपिट गरेको रहस्य सार्वजानिक भएको छ ।
कुटपिट पर्नेमा विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विकास ठाकुर रहेका छन् । शिक्षकको कुटपिटबाट ढाडमा निल डाम देखिएको छ ।
भाईको ढाडमा निलडाम देखिनेगरी कुटपिट भएको बिषय दाजु किरण ठाकुरले समाजिक संजाल फेसबुकमा पोष्ट गरेपछि सार्वजनिक भएको हो ।
फोटो पोष्ट भइसकेपछि विद्यालयसँग उनका दाजुले भाई विकास कुटपिट हुनुको कारण मागेका थिए । स्कुलले गल्ती स्वीकार गर्दै माफी मागेको भन्दै निलडाम देखिएको फोटोसहितको म्याटर हटाउन लगाएको बुझिएको छ । स्कुलले माफी मागेपछि पोस्ट सामाजिक संजालबाट हटाएको जानकारी दिएका छन् ।
बोर्डिङ स्कुलले छात्र पिटेर निलडाम बनाएको बिषय समाजिक सञ्जालबाट हटाएपनि बिभिन्न व्यक्तिहरुले सो बिषय स्कृनसट र डाउनलोड गरेर पोष्ट भइरहेको बुझिएको छ ।
सो बिषयमा स्कुल सञ्चालक नोवलकिशोर खनालसँग कुरा गर्दा उनले भने–’हामीबाट कमजोरी भएको हो, हामीले छात्रलाई हेनराईटिङ सुधार गर्न पटक–पटक भन्दा पनि २÷४ पटकसम्म नै नराम्रो भएकाले सामान्य पाईप हानेको र गर्मी मौसम भएकाले निलडाम देखिएको हो ।’ यो समाग्री पथरी अपडेट फेसबुक सञ्जालबाट लिइएको हो ।
कुटपिटबाट घाइते ठाकुर